• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

व्यवसाय, सेवा र सूचना प्रवाहलाई एउटै माध्यमबाट एकीकृत गर्दै अनलाइनसेवा डटकम

Ramsharan Nepali by Ramsharan Nepali
April 26, 2025
in समाचार, स्थानीय
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter
पोखरा, ११ वैशाख ।  व्यवसाय, सेवा र सूचना प्रवाहलाई एकटै माध्यमबाट एकीकृत गर्दै नेपालको पहिलो बहुसेवा सर्च इन्जिन अनलाइन सेवा डटकमले आफ्नो सेवा सुरु गरेको छ ।
पोखरामा आज पत्रकार सम्मेलन गर्दै अनलाइनसेवा डटकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम अधिकारीले यसले नेपाललाई डिजिटल युगतर्फ लैजान महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुुभयो ।
पोखरामा स्थायी घर भई हाल अमेरिका बसोवास गर्दै आउनुुभएका अधिकारीले नेपाली सेवा र उत्पादनलाई अनलाइनको माध्यमबाट स्वदेश एवम् विश्व बजारमा पु¥याउनका लागि यो अभियानमा आकर्षित बनिएको बताउनुुभयो । नेपाल सानो तर डिजिटल सम्भावनाले भरिपूर्ण देश रहेको भन्दै उहाँले अनलाइनसेवा डटकम त्यही सम्भावनालाई वास्तविकतामा बदल्ने एउटा ढोका भएको उल्लेख गर्नुभयो ।
“सबै सेवा एउटै ठाउँमा, अनलाइन सेवा डटकमको कदम” भन्ने आदर्श बाक्यका साथ सञ्चालित अनलाइनसेवा डटकम केवल वेबसाइट नभई व्यवसाय, पेशा, सूचना, र सेवाहरूलाई एउटै डिजिटल छातामुनि ल्याउने प्रयास भएको उहाँले जानकारी दिनुुभयो । “यसमा व्यवसायिक सूचीकरण, पेशागत प्रोफाइल, जागिर सूचना, अफरहरू, कार्यक्रम जानकारी, युट्युब तथा वेबसाइट लिंक, हराएको/फेला परेको सामग्री, र सरकारी/गैरसरकारी सेवाको विवरण एकै ठाउँमा सहज रूपमा उपलब्ध छन् ।”, उहाँले भन्नुभयो ।
पोखरा र काठमाडौंबाट सेवा विस्तार सुरु गरिएको यस प्लेटफर्म अब छिट्टै देशभरका मुख्य शहरहरूमा फैलिने योजना रहेको र चाँडै नै यसको शाखा अमेरिकामा पनि खुल्ने तयारीमा रहेको उहाँले जानकारी दिनुुभयो । उहाँका अनुसार कम्पनीले विशेषतः डिजिटल मार्केटिङ, इवेन्ट प्रमोशन, टुरिज्म प्रोमोशन, र दक्ष जनशक्तिको प्रोफाइल व्यवस्थापन जस्ता सेवा प्रदान गर्नेछ ।
नेपालमा उत्पादित वस्तु तथा सेवाहरूलाई अनलाइनमार्फत अमेरिका लगायतका मुलुकमा पु¥याउने आँफूहरूको लक्ष्य रहेको र नेपाल र अमेरिका बीचको व्यापारिक सम्बन्धलाई डिजिटल माध्यमबाट सहज बनाउने प्रयास गरिने उहाँले बताउनुभयो ।
कम्पनीले नेपाली युट्युबर, कलाकार, उद्यमी, र डिजिटल सेवाप्रदायकहरूलाई एउटै मञ्चमा ल्याएर उनीहरूको कार्यलाई प्रवद्र्धन गर्ने योजना पनि अघि सारेको छ ।
आजको प्रतिस्पर्धात्मक डिजिटल संसारमा नेपाली युवाहरूका लागि आफनो सीप प्रदर्शन गर्ने उपयुक्त डिजिटल प्लेटफर्म अत्यावश्यक रहेको र अनलाइनसेवा डटकमले त्यो रिक्ततालाई भरिरहेको उहाँको भनाइ छ ।
सूचना प्रविधिको तीव्र विकाससँगै व्यवसायहरूका लागि डिजिटल उपस्थिति अब विलासी विकल्प नभै अनिवार्य आवश्यकता बनिसकेको भन्दै उहाँले यसै पृष्ठभूमिमा, अनलाइनसेवा डटकम व्यवसाय र सेवाप्रदायकहरूका लागि सस्तो, छिटो, र प्रभावकारी प्रचार गर्ने एक भरपर्दो माध्यमको रूपमा स्थापित भइरहेको जानकारी दिनुुभयो ।
यसले व्यवसायको डिजिटल पहिचान निर्माण गर्नुका साथै, व्यवसायहरूलाई स्थानीयदेखि अन्तर्राष्ट्रिय ग्राहकहरूसम्म पुर्याउने लक्ष्य लिएको उल्लेख गर्दै साना उद्यमी या ठूला कम्पनीहरू, अनलाइनसेवा डटकम सबैका लागि उपयोगी बन्न सक्ने सम्भावना बोकेको धारणा राख्नुुभयो ।
यसका माध्यमबाट व्यवसायहरूले प्रदान गरेका विभिन्न अफरहरूको एकीकृत सूची, कार्यक्रम र इभेन्टहरूको जानकारी, रोजगारीका अवसरहरू, हराएका वा फेला परेका वस्तुहरूको विवरण, सिपयुक्त व्यक्तिहरूको प्रोफाइल, आफ्ना भिडियो र वेबसाइट लिंक सार्वजनिक गर्ने सुविधा समेत पाइने कम्पनिले जनाएको छ ।
त्यस्तै नेपाली भाषामा विभिन्न कार्यक्रम, समाचार र संगीत सुन्न मिल्ने अनलाइन रेडियो सुविधा, अनलाइन फारम भर्ने, प्यान कार्ड दर्ता, ब्लुबुक नवीकरणजस्ता डिजिटल सेवाहरूको सरल र छिटो पहुँच आदि पाइने जनाइएको छ ।
कम्पनीले भविष्यमा ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्ने, सीपयुक्त जनशक्तिको डाटाबेस निर्माण गर्ने, र कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत सेवाको गुणस्तर बढाउने योजना अघि सारेको सिइओ अधिकारीले जानकारी दिनुुभयो ।
ई–गभर्नेन्स, ई–मार्केट र ई–सेवातर्फ देश अघि बढिरहेको सन्दर्भमा अनलाइनसेवा डटकमले समग्र डिजिटल इकोसिस्टममा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको उहाँले बताउनुुभयो ।
डिजिटल बजारमा आफ्नो सेवा वा उत्पादनलाई चिनाउने, नयाँ ग्राहकहरूसम्म पुग्ने, र व्यवसाय विस्तार गर्ने चाहना राख्ने सबैका लागि अनलाइनसेवा डटकम एउटा उपयुक्त प्लेटफर्म बन्न सक्ने उहाँको भनाइ छ ।
सस्तो, छिटो र सरल अनलाइन प्रचार, स्थानीयदेखि अन्तर्राष्ट्रिय ग्राहकहरूसम्म पहुँच, दैनिक अपडेट र सजिलो सामग्री व्यवस्थापनका साथै व्यवसायको डिजिटल पहिचान सुदृढीकरणका लागि अनलाइन सेवा डटकममा आवद्ध हुन उहाँले आग्रह गर्नुभयो ।
नेपालको प्रत्येक व्यवसाय, सेवा र सीप अनलाइनमा होस् र संसारभरि फैलियोस् भन्ने आफ्नो सपना भएको र अनलाइनसेवा डटकमका माध्यमबाट यो सपना साकार पार्ने बाटोमा दृढ कदम चालिएको उहाँले बताउनुुभयो ।
Previous Post

पोखरामा १ अरब ५२ करोड बढीको खानेपानी योजना सञ्चालन हुने

Next Post

पोखरा–२७ पुर्ण खोप सुनिश्चित वडा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरा–२७ पुर्ण खोप सुनिश्चित वडा

पोखरा–२७ पुर्ण खोप सुनिश्चित वडा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?