लेखनाथ , १८ चैत्र । कास्की जिल्ला पोखरा महनगरपालिका वडा नं २९ मा रहेको सैनिक वस्ती ग्रुप नं १ ले विविध कार्यक्रमका साथ आफनो १२ औं स्थापना दिवस मनाएको छ ।
विषेश गरि नेपाल तथा भारतीय सेना तथा पुलीसमा रहेका ब्यक्तिहरुको वसोवास रहेको उक्त ठाँउमा रहेका करिव सय घर धुरी परिवार एकै ठाउमा जम्मा भई सामुहिक रुपमा आफनो स्थापना दिवस मनाएका हुन् ।
विविध साँस्कृतीक कार्यक्रम, सम्मान र वार्षिक कार्ययोजनाको समिक्षा गरिएको कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडासदस्य क्षेत्र वहादुर गुरुङले समाज भनेको सुखका वेलामा साथ दिने र दुःखका समयमा हात दिने गरि काम गर्न अनुरोध गर्दै यस क्षेत्रको विकासका लागि वडा सहकार्य गरेर अगाडी वढ्न तयार रहेको विश्वास दिलाएका थिए ।
समाजका अध्यक्ष सुवेदार चन्द्र वहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हवल्दार राम वहादुर गुरुङ, महिला उपाध्यक्ष काशिमाया गुरुङ र सचिव हवल्दार मिन वहादुर गुरुङ लगाएतले हाम्रा अग्रजले देखाएको वाटो र उनिहरुले पच्छाएको धर्म र सस्कृतीको संरक्षण गर्दै सेवा भावले अगाडी वढ्न सवैलाई अनुरोध गरेका थिए ।
Discussion about this post