• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गरिने : मुख्यमन्त्री पाण्डे

Lekhnath Khabar by Lekhnath Khabar
December 7, 2024
in खेलकुद, समाचार, समाज, स्थानीय
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter
रामशरण नेपाली
लेखनाथ, २२ मंसिर ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको वताएका छन । शनिबार कास्कीको लेखनाथमा आयोजित २५ औं आर्दश कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएकाले विभिन्न खेल गतिविधिहरुलाई पर्यटन सँग जोडेदै समग्र प्रदेशको विकास गरिने वताएका हुन ।
मुख्यमन्त्री पाण्डेले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको वताउँदै खेल क्षेत्रको विकासका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको यहाँको कर्भड हल र रंगशालाको स्तरोन्नतीको लागी प्रदेश सरकारले केही न केही सहयोग गर्ने वताएका थिए ।
उनले पोखरालाई पर्यटकिय राजधानी घोषणा गरिएको अवस्थामा अन्य क्षेत्रको साथसाथै खेल पर्यटनको माध्यमबाट पनि प्रदेशलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा चिनाउन चाहेको वताउँदै प्रदेशभित्रका खेलकुद एवं पर्यटकिय पुर्वाधारहरु निर्माणमा प्रदेश सरकार लागिरहेको वताए । प्रदेश सरकारले मुस्ताङमा हाई अल्टिच्यूड खेल मैदान निर्माण गरि संसारभरका खेलाडीहरुलाई ल्याएर खेलाउने योजना समेत सुनाए । ओलम्पिकमा सहभागी खेलाडीको अनुभव आदानप्रदानका लागि गण्डकी प्रदेश सरकारले गत वर्षदेखि ‘स्कुल टु ओलम्पियन’ कार्यक्रम गरिरहेको र प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीहरूलाई आर्थिक सहयोग पनि गरिरहेको उनले जानकारी दिएका थिए ।
उत्त अवसरमा पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले आर्थिक अभावका कारण रंगशाला निर्माणले पुर्णता नपाएको वताउँदै यसमा प्रदेश सरकारको ध्यानार्कषण गराएका थिए ।
यसैविच शनिवार भएको उद्घाटन खेलमा आयोजक आर्दश क्लवले विजयी शुरुवात गरेको छ । आदर्श युवा क्लव र एन्फा तनहुँका विचमा भएको खेलको पहिलो हाफको ४१औं मिनेटमा आदर्श युवा क्लवका जर्सी नं ८ का खेलाडी सजिन मगरले डि एरियाबाट गरेको पहिलो गोल नै निर्णायक बनेको हो ।
खेलको दोस्रो हाफमा पनि दुवै समुहको प्रतिष्पर्धात्मक खेलले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थियो । सुरुवाती देखि नै अग्रता लिएको आदर्श युवा क्लवले खेलको दोस्रो हाफमा पनि रक्षात्मक रुपमा खेलेको थियो भने खेल जित्ने दवावमा रहेको एन्फा तनहुँले निर्धारीत समयमा गोल फर्काउन नसकेपछि आयोजक नै विजयी भएको हो ।
शनिवार भएको खेलको म्यान अफ दी म्याच आदर्शका सजिन मगर घोषित भएका छन् । उनलाई वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले नगद पाँच हजार पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता अन्र्तगत आईतबार नेपाल आर्मी सिद्धिदल गण र शसस्त्र प्रहरी बल गण्डकी मुख्यालय विच प्रतिष्पर्धा हुनेछ ।
निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले मंसिर २२ देखी २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको छ ।
प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैया र उपविजेतालाई २ लाख २५ हजार पाँचसय २५ रुपैया सिल्ड,मेड र प्रमाण पत्र प्रदान गरिनेछ । साथै विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिने जनाईएको छ ।
Previous Post

चेतनशिल आदर्श युवा क्लवको १० औं अधिवेशन, अध्यक्षमा बिशाल गुरुङ

Next Post

आर्दश कपमा शसस्त्रसँग आर्मी ३–१ ले पराजित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
आर्दश कपमा शसस्त्रसँग आर्मी ३–१ ले पराजित

आर्दश कपमा शसस्त्रसँग आर्मी ३–१ ले पराजित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?