• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

आर्दश कपमा शसस्त्रसँग आर्मी ३–१ ले पराजित

Ramsharan Nepali by Ramsharan Nepali
December 8, 2024
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २३ मंसिर । शनिवार देखि कास्कीको लेखनाथमा जारी २५ औं आर्दश कप फुटवल प्रतियोगिताको दोस्रो दिन भएको खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयले अर्को विभागीय टोली नेपाल आर्मी सिद्धिदल गण पश्चिम पृतनालाई ३–१ गोलको अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो ।

आईतबार भएको खेलमा सशस्त्रका नवराज मगरले २५ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको पहिलो हाफ सकिदासम्म पनि आर्मिले कुनै गोल फर्काउन सकेन । दोश्रो हाफपछि ६५ औ मिनेटमा रन्जित चौधरीले दोस्रो गोल थपेका थिए । सशस्त्रले लगातार २ गोल गरेपछि गोल गर्नैपर्ने दवावमा खेलिरहेको आर्मीले थुप्रै प्रयास गर्दा पनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।

खेलको अन्तिम समयमा ७० औं मिनेटमा पुन सशस्त्रकै प्रविन तेस्रो गोल गर्दै टोलीको जित सुनिस्चित गरेको थियो । निर्धारित समयमा कुनै पनि गोल गर्न नसकेको आर्मीले अन्तीम समयमा थपिएको ३ मिनेटको अतिरिक्त समयमा गोल गर्न सफल भएको थियो । आर्मीका मदन लिम्वुले सान्त्वना गोल फर्काएका थिए ।

आईतवारको खेलको म्यान अफ दी म्याचको उपाधी सशस्त्रका प्रविन स्याङतानले प्राप्त गरेका छन् । सोमबार हुने खेलमा कास्की ११ र एन्फा स्याङजा होराईजन टिम विच प्रतिष्पर्धा हुनेछ । यसै विच दोस्रो दिनको खेल हेर्न पुगेका गण्डकी प्रदेशका पुर्व सासंद दिपक कोईरालाले खेलले अनुशासनको शिक्षा दिनुको साथै स्थानिय स्तरमा गरिने खेलकुद प्रतियागिताले नयाँ नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने भएकाले यस क्षेत्रको खेलकुदको विकासका लागि लेखनाथ खेलमैदानलाई पोखराकै वैकल्पीक रंगशालाको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

निरन्तरता हाम्रो प्रतिवद्धता, फुटवल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लवको आयोजनामा मंसिर २२ देखी आयोजित प्रतियोगिताको विजेता टिमले नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २५ हजार पाँचसय २५ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

Previous Post

खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गरिने : मुख्यमन्त्री पाण्डे

Next Post

जय रुपा सहकारीको रक्तदान सम्पन्न, ३० युनिट रगत संकलन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा
अर्थ खबर

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा
शिक्षा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना
समाचार

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान
समाचार

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी
समाचार

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी

Next Post
जय रुपा सहकारीको रक्तदान सम्पन्न, ३० युनिट रगत संकलन

जय रुपा सहकारीको रक्तदान सम्पन्न, ३० युनिट रगत संकलन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?