लेखनाथ, ६ चैत्र । लेखनाथ क्षेत्रकाे विकास र संघकाे पहलकदमीका विषयमा लेखनाथ उद्याेग वाणिज्य संघ र लेखनाथमा क्रियाशिल पत्रकारहरुविच मंगलबार छलफल सम्पन्न भएकाे छ ।
कार्यक्रममा संघका अध्यक्ष विनाेद श्रेष्ठले लेखनाथ क्षेत्रमा रहेका तालहरुमा पर्यटकीय पुर्वाधारहरुकाे विकास गरेर पर्यटनकाे माध्यमबाट आर्थिक सम्मृद्वी हासिल गर्न सकिने वताएका थिए । उनले नयाँ व्यवसायका सम्भावनाहरु खाेजी गर्दै युवावर्गलाई स्वदेशमै रहेर व्यवसाय गर्ने वातावरण बनाउने विषयमा संघ चिन्तनशिल रहेकाे बताएका थिए ।
यस्तै संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले संघले यस क्षेत्रकाे सामाजीक आर्थिक विकासकाे लागी विगतदेखी नै पहल गर्दै आइरहेको र पाेखरा-३३ पुँडीटार र शुक्लागण्डकी नगरपालीकामा बन्ने औधाेगीक क्षेत्रकाे कार्य शिघ्र शुरु गर्ने विषयमा दबाव सिर्जना गर्नुपर्नेमा जाेड दिएका थिए । उनले संघका राम्रा कार्यकाे प्रचार र नराम्रा कार्यमा खबरदारी गर्न पनि आग्रह गरेका थिए ।
संघका पुर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले यस क्षेत्रकाे विकासकाे लागि विगतदेखी हालसम्म थुप्रै कार्यहरु गर्दै आइरहेको र स्थानीय सरकारदेखी प्रदेश सरकारले समेत गर्न नसकेका कार्यहरु संघले गरेकाेमा यस्ता कार्यहरु ओझेलमा परेकाे गुनासाे गरेका थिए ।
संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी `राजु´ले व्यवसायीहरुकाे हकहितकाे संरक्षण गर्दै क्षमता अभीवृद्वी र व्वसायीक प्रवर्द्धन गर्ने संघकाे मुख्य उदेश्य रहेकाे भए पनि लेखनाथकाे समग्र विकासका लागि संघले अनवरत रुपमा पहलकदमी लिईरहेकाे वताएका थिए ।
सुवेदीले राज्यका विभिन्न निकायहरुसंग छलफल र सहकार्यका माध्यमबाट यस क्षेत्रकाे शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र खेलकुदकाे विकासकाे लागी संघ लागीरहेकाे वताउँदै यस विषयमा पनि कलम चलाउन आग्रह गरेका थिए ।
संघले हालै व्यवसायीहरुकाे समस्याहरुलाई बुझ्ने उदेश्यले `बजारसंग उद्योग वाणिज्य संघ´ कार्यक्रम सञ्चालन गरि संघ अन्तर्गतका १३ वटा बजार ईकाइसम्म पुगीरहेकाे वताए । यस बाहेक कर शिक्षा कार्यक्रम, शेयर बजार सम्बन्धी सचेतना कार्यक्रम, विभिन्न तालिमहरुकाे माध्यमबाट व्यवसायीहरुकाे क्षमता अभिवृद्धि गर्ने लगायतका कार्यहरु गरिरहेकाे वताए ।
Discussion about this post