• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

सिर्जना बहिरा आवासीय मावि ३६ वर्षमा

Ramsharan Nepali by Ramsharan Nepali
February 15, 2024
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१ फागुन । वि स २०४४ सालमा दुई जना शिक्षकले सात जना विद्यार्थीहरुबाट सुरु गरेको सिर्जना बहिरा आवासीय माविमा अहिले दुई सय २५ जना विद्याथी,२३ शिक्षक र १० जना कर्मचारीको सामुहिक प्रयासमा विद्यालय संचालन हुदै आएको छ ।

सोही मितिमा पृथ्वीचोकको चुपचाप टेलर्समा वसेर भएको कुराकानीलाई सस्थापक शिक्षक सुर्यमोहन वराल र स्व. ओम सेरचनले विहिरा विद्यार्थीहरुको लागि कल्पना गरेको विद्यालयले अहिले सार्थक रुप लिदै पोखरा महानगरपालिका वडा नं २६ को अर्घौमा करिव पाँच रोपनी क्षेत्रफल भित्र तीनवटा पक्कि भवनका १५ वटाकोठामा ४४ जिल्लाका एक सय ५३ जना विद्यार्थीहरुलाई आवासिय रुपमा शिक्षा दिक्षा दिदै आएको छ ।

विशेष गरि तत्कालीन समयमा सृजना युवा क्लव, सृजना विकास केन्द्र पोखरा, गण्डकी बहिरा संघ लगायतका विभिन्न सामाजिक संघ सस्था तथा वुद्धिजिवीहरुको सहकार्यमा स्थापना भएको सिर्जना बहिरा आवासिय विद्यालयले विभिन्न किसिमका आरोह अवरोहहरु पार गर्दै ३६ औं वर्षमा प्रवेश गरेको हो ।

वहिरा विद्यार्थीहरुका लागि मात्र शिक्षा दिक्षा दिने उदेश्यले वि स २०५४ सालमा निमावी,वि स २०५७ सालमा मावि र २०६३ सालमा नेपालमा नै पहिलो पटक उच्च माविका कक्षाबाट पठन पाठन संचालन गर्दै आएको सिर्जना वहिरा माविले मंगलवार विविध कार्यक्रममा साथ आफनो ३६ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले फरक क्षमता भएका विद्यार्थीहरुका लागि कितावी ज्ञानको साथमा सिपमुलक शिक्षा दिन सक्ने हो भने उनिहरुको जिवनयापनमा कुनै समस्या नआउने भएकाले अवको शैक्षीक नितीमा विद्यार्थीहरुको लागि सिक्दै कमाउदै खालको योजना ल्याउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै शिक्षा निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक अम्विका प्रसाद आचार्यले पढाई मात्र ठुलो कुरा नभई पढेपछि उनिहरुका लागि सिकाई र के कस्तो छ भन्ने वारेमा विश्लेषण गरेर उनिहरुलाई हौसला प्रदान गर्नुु नै असल अभिभावको भुमिका रहनु पर्ने सुझाव राखेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक सुनिल कुमार भण्डारीले विद्यालयको प्रगति विवरण र भावी योजनाका बारेमा जानकारी गराएका थिए भने पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रि सुवेदी, लेखनाथ नगरपालिकाका सस्थापक नगर प्रमुख शालिकग्राम पौडेल, सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ कास्कीका अध्यक्ष दिपक थापा लगायतले समुदाय स्तरमा सहकार्य गर्दै फरक क्षमता भएका विद्यार्थीहरुको हक हितका लागि अभिभावकहरुले पनि सांकेतीक भाषा जान्नुपर्ने सुझाव दिएका थिए ।

Previous Post

जिप दुर्घटना हुँदा आठ जनाको ज्यान गयो

Next Post

सिलिङ्गे कृषि सहकारीद्धारा स्थापना दिवसमा विउविजन वितरण

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
सिलिङ्गे कृषि सहकारीद्धारा स्थापना दिवसमा विउविजन वितरण

सिलिङ्गे कृषि सहकारीद्धारा स्थापना दिवसमा विउविजन वितरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?