लेखनाथ, ३१ चैत्र । शारिरिक रुपले कमजोर भएका ब्यत्तिको आत्मसम्मानका लागि दया मायाको भावना भन्दा पनि अवसरको खाँचो रहेको आईतवार पोखरामा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
नेत्रहिन क्रिकेट संघ नेपालको आर्थीक सहयोग र नेत्रहिन क्रिकेट संघ कास्कीको संयोजनमा अभिभावक, शिक्षक र स्कुल समुदायका विच भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले अपाङ्गता भएकाहरुका लागि खेलकुदमा जोड्न सकियो भने शारिरिक देखि मानसिक रुपमा पनि निखरता आउने सुझाव राखेका हुन् ।
कार्यक्रममा वोल्दै गण्डकी प्रदेशकी सभासद सुनिता थापाले अपाङ्गता भएका ब्यक्तिलाई हेर्ने दृष्टिकोण नै विभेदकारी भएकाले यसलाई नितीगत रुपमा नै ऐन कानुन वनाएर सबै प्रकारका अपाङ्गताको अधिकार स्थापितका लागि प्रदेश सरकारले मस्यौदा तयार पारेकाले यसमा के थपघट गर्न सकिन्छ भन्ने वारेमा आफु सचेत रहेको वताएकी थिईन ।
सोही अवसरमा अपाङ्गता महासंघ नेपालका केन्द्रिय सदस्य रमेश पोखरेलले दृष्टिविहिन भएका ब्यत्तिलाई क्रिकेटमा समावेश गराएपछि करिव एक हजार भन्दा वढि खेलाडी उत्पादन गर्न सकिएको र पिडी र सिडि कुरेर वस्नेहरुलाई जहाजमा राखेर अन्तराष्ट्रिय स्तरका खेलकुदमा सहभागी गराउन सकिएकोमा खुसी ब्यक्त गरेका थिए ।
कार्यक्रममा अपाङ्गताका क्षेत्रमा काम गर्दै आउनुभएका सञ्जय सिग्देल अपाङ्गता भएका ब्यक्ति खेलकुदमा आएका र उनिहरु मानसिक रुपमा वलियो भएकाले क्रिकेटको साथमा अन्य खेलकुदहरुमा पनि जोड्न सकिने धारणा राखेका थिए ।
नेत्रहिन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका अधिकृत अर्जुन पौडेल, अमंरसिह मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोईराला, कुँडहर प्राविका प्रधानाध्यापक नन्द किसोर वराल, अभिभावहरुको तर्फबाट सुसिल गोदार लगायतले अपाङ्ग भएकाहरुको उत्थानका लागि राज्य जिम्मेवार हुनुपर्ने सुझाव राखेका छन् ।
नेत्रहिन क्रिकेट संघ नेपालका महासचिव अमृत वरालले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन नेत्रहिन क्रिकेट संघ नेपालका सचिव निलकण्ठ तिमिल्सेनाले गरेका थिए भने नेत्रहिन क्रिकेट संघ कास्कीका अध्यक्ष प्रमोद दाहालले धन्यवाद ज्ञापन गरेका थिए ।
Discussion about this post