लेखनाथ, ६ बैशाख । नेपालको भाषा, धर्म र संस्कृति नै हाम्रो पहिचान भएको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
पोखरा महानगरपालिका वडा नंं ३२ मा रहेको रुपाताल तमु समुहको २५ औं बार्षिकोत्सव तथा रजत जयन्ती कार्यक्रममा बोल्दै मन्त्री लेखकले हामी धेरै जातजातिको विविध भाषा, संस्कृति, पोशाक, साहित्य धार्मिक रुपले विविधता भए पनि एक छौ, र नेपालको सबैभन्दा ठूलो सम्पत्ती र विषेशता नै भाषा, धर्म र संस्कृति नै हाम्रो पहिचान भएको बताएका हुन् ।
गूरुङ्ग समुदायको भाषा, भेष, सांस्कृतिक परिवेश नेपालको इतिहासमा विशिष्ट योगदान रहेको, देश निर्माणको सवालमा देशलाई लोकतन्त्र स्थापना गर्दाको सवालमा देशलाई एकाताबद्ध गराउनमा तमु समुदायको विशिष्ट योगदान रहेको बताउदै, सवै समुदायको विशेषता नै हामीहरु मिलेर बसेकाले एकले आर्कालाई सम्मान गरेको भाषा धर्म, संस्कृतिलाई सम्मान गरेका छौ उनले भने ।
भाषा धर्म, संस्कृति र सभ्यताका नाउँमा हामी कहिल्यै विभाजित हुनु हुन्न र समाजमा द्धन्द गराउने र देशलाई अगाडी बढ्न नदिने तत्वलाई इङ्कित गर्दै मन्त्री लेखकले त्यस्ता तत्व तर्पm हमेशा साबधानी रहन आग्रह गर्दै सवैलाई सम्मान गर्नु नै हाम्रो कर्तव्य रहेको बताए ।
मन्त्री लेखकले तमु समुदायको सामाजिक, सांस्कृतिक जागरण, संरक्षण एवम् प्रवर्दनका क्षेत्र प्रभावकारी तवरले कार्य तथा गतिविधि सञ्चालन गर्दा उर्जा हौसला प्राप्त भई सामाजिक, सास्कृतिक रुपान्तरण संरक्षण र प्रवद्र्धनमा योगदान दिन सवैमा आग्रह गरे ।
कार्यक्रममा पूर्व कानून मन्त्री यज्ञबहादुर थापाले सामाजिक, सांस्कृतिक जागरण, संरक्षण एवं प्रवद्र्धनका क्षेत्र अझ प्रभावकारी तवरले कार्य तथा गतिविधि सञ्चालन गर्न र हौसला प्राप्त गर्दै सामाजिक सास्कृतिक रुपान्तरण र प्रवद्र्धनमा योगदान दिनुहुन सवैमा आग्रह गरे ।साथै उनले तोविला भन्ने गुरुङ समुदायको भाषाले राष्ट्रपति,मन्त्रि देखि सामान्य मानिसलाई भन्ने शब्द भएकाले गुरुङ समुदायमा परापुर्वक काल देखि नै समाजवाद भएको वताए ।
सोही अवसरमा गण्डकी प्रदेश सांसद सरस्वती गुरङ्गले वर्तमान अवस्थामा गणतन्त्रलाई अझै सुदृण गराउदै बहुजातिय, बहुभाषिक, बहुधार्मिक विभिन्न धर्म संस्कार, संस्कृति , मौलिक भाषा धर्म रीतिरीवाज सवैको आफुनै अस्तित्वमा छन् र नेपाल सवैको साझा फुलबारी भएकाले गण्डकी प्रदेश सरकारले तमुको भाषालाई कामकाजको भाषाका रुपमा कानुन वनाउन लागेको वताईन ।
रुपाताल तमु समुहका अध्यक्ष सु. चेसबहादुर गुरुङ्गले २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती मनाउन पाउदा अत्यन्त हर्षित भएको बताउदै समयको विभिन्न कालखण्डमा गुरुङ्ग जातिले आफ्नै भाषा, आफुने पहिचान, जातिय अस्तित्व आ–आफ्ना मौलिक धर्म, संस्कार, संस्कृति, भाषा, भेषभूषा आदिको संरक्षण र सम्बद्र्धन गर्दै आएको बताए ।
यसैगरि कार्यक्रममा ङयोए तमु धि लेखनाथका महासचिव राजु गुरुङले युवा र जेष्ठ नागरिकका विचमा भाषा,धर्म र सस्कृृतीको वारेमा पुस्ताहस्तान्त्रण गर्दै जानु पर्ने सुझाव राखेका थिए भने जनजाती महासंघ पोखरा नगर समोन्वय समितिका अध्यक्ष जंगवहादुर गुरुङले गण्डकी प्रदेश तमु समुदायको उद्घम स्थल भएकाले राज्यबाट यसलाई प्रथामिकता दिनु पर्नेमा जोड दिएका थिए ।
विविध सांस्कृतिक कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा रजत शिला स्तम्भको अनावरण, स्मारिका विमोचन र मन्त्री लेखकलाई सम्मान गरिएको थिए ।
रुपाताल तमु समुहका अध्यक्ष सु.चेसबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समुहका सचिव तारा प्रसाद गुरुङ्गले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष नर वहादुर गुरुङले गरेका थिए ।
Discussion about this post