• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा १४ ले ‘प्रथम स्थानीय महोत्सव’ आयोजना गर्ने

Lekhnath Khabar by Lekhnath Khabar
February 8, 2024
in समाचार, स्थानीय
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २५ माघ ।

पोखरा महानगरपालिका वडा १४ ले ‘प्रथम स्थानीय महोत्सव’ आयोजना गर्ने भएको छ । स्थानीयस्तरमा उत्पादित कृषिजन्य उपज तथा मौलिक कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित आगामी फागुन ६ र ७ गते महोत्सव आयोजना गर्न लागिएको वडाध्यक्ष बोधबहादुर कार्कीले बताए ।

स्थानीय छिनेडाँडास्थित शुक्रराज बलभद्र मावि खेलमैदानमा हुने महोत्सव स्थानीय मौलिक कला र संस्कृतिको जगेर्ना, आपसी सद्भाव र मित्रताको अभिवृद्धि, खेलकुद संस्कृतिको विकास र स्थानीय पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसार गर्ने उद्देश्यले गर्न लागिएको कार्कीले बताए । महोत्सवमा करिब १ सय ५० वटा स्टल रहने छन् । स्टल राख्न पैसा तिर्नु पर्दैन ।

‘महोत्सवको मुख्य उद्देश्य भनेको स्थानीय व्यवसायीको व्यवसाय प्रवद्र्धन गर्ने हो । महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं,’ वडाध्यक्ष कार्कीले भने, ‘पोखरा–१४ मा उत्पादन हुने कृषिजन्य उपजको व्यावसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको मुख्य उद्देश्य छ । यसले कृषकमा थप ऊर्जा मिल्ने विश्वास लिएका छौं ।’

महोत्सवमा विभिन्न सांस्कृतिक, खेलकुद प्रतियोगितासँगै स्थानीय तथा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहनेछ । महोत्सवमा वडाका सामुदायिक तथा निजी विद्यालय, टोल, समूह, युवा क्लब र विभिन्न व्यावसायिक फर्मको व्यावसायिक प्रवद्र्धन हुनेछ । वडाध्यक्ष कार्कीले गत आवमा स्थानीयलाई विभिन्न व्यावसायिक तालिम प्रदान गरेकाले तालिममा सिकेको विषयसमेत महोत्सवमा प्रदर्शन गरिने उल्लेख गरे ।

महोत्सवमा करिब २५ लाख खर्च हुने अनुमान छ । महोत्सवका लागि वडाध्यक्ष कार्कीको संयोजकत्वमा २८ सदस्यीय उपसमिति गठन गरी तयारी थालिएको छ ।

Previous Post

एघारौं संस्करणको नेपाल लिटरेचर फेस्टिभल ३ फागुन देखि पोखरामा

Next Post

पोखरामा ज्यान मार्ने धम्की दिदै ५ करोड फिरौती माग्ने २ जना पक्राउ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी
समाचार

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी

गणित शिक्षकले लिए तालिम
समाचार

गणित शिक्षकले लिए तालिम

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा प्रतिवेदन लेखन तालिम
समाचार

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा प्रतिवेदन लेखन तालिम

पोखरा–२६ द्धारा कृषकहरुका लागि कृर्षि औजार वितरण
समाचार

पोखरा–२६ द्धारा कृषकहरुका लागि कृर्षि औजार वितरण

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका
समाचार

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका

Next Post
पोखरामा ज्यान मार्ने धम्की दिदै ५ करोड फिरौती माग्ने २ जना पक्राउ

पोखरामा ज्यान मार्ने धम्की दिदै ५ करोड फिरौती माग्ने २ जना पक्राउ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?