• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

एघारौं संस्करणको नेपाल लिटरेचर फेस्टिभल ३ फागुन देखि पोखरामा

Lekhnath Khabar by Lekhnath Khabar
February 8, 2024
in शिक्षा, समाचार
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २५ माघ । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको एघारौं संस्करणबारे जानकारी दिन बिहीबार आयोजक संस्था बुकवर्म फाउन्डेसनलले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेको छ । फेस्टिभल आउँदो फागुन ३ देखि ७ गतेसम्म बाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुँदै छ । सूर्य नेपाल प्रालिको उपक्रम सूर्य नेपाल गाथाको मुख्य सहयोगमा यस वर्षको फेस्टिभल आयोजना हुन लागेको हो ।

यस वर्षको फेस्टिभलको प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभलका अघिल्ला संस्करण झैं यस वर्ष पनि देशविदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ । फेस्टिभलमा ५५ भन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् । फेस्टिभलमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकको आकलन छ । वात्स्यायन एन्ड बाब्र्स भोल्युम टू पुस्तक विमोचन एवम् कार्टुन प्रदर्शनी, गोर्खा वुमन: एन इको इन द स्टोरी प्रदर्शनी पनि फेस्टिभलका अवसरमा गरिने आयोजकले जनाएको छ ।

फेस्टिभलको पहिलो दिन फागुन ३ मा दिउँसो साढे दुई बजेदेखि उद्घाटन सत्र सञ्चालन हुनेछ । उक्त दिन कार्टुन प्रदर्शनीदेखि विद्वत्प्रवचनलगायत कार्यक्रम सञ्चालन हुनेछन् । फेस्टिभलमा फागुन ४ देखि ७ सम्म बिहान १० बजेदेखि साँझ ७ बजेसम्म विभिन्न सत्र सञ्चालन हुनेछन् ।

 

Previous Post

कास्की मोर्डनाइज्डको रजत महोत्सव शुक्रबार

Next Post

पोखरा १४ ले ‘प्रथम स्थानीय महोत्सव’ आयोजना गर्ने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने
समाचार

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने
समाचार

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

भेला आयोजक कमिटिका संयोजक रिक वहादुर गुरुङ
शिक्षा

भेला आयोजक कमिटिका संयोजक रिक वहादुर गुरुङ

निर्वाचन प्रक्रिया सिकाउन डायमण्ड माध्यमिक विद्यालयमा निर्वाचन
शिक्षा

निर्वाचन प्रक्रिया सिकाउन डायमण्ड माध्यमिक विद्यालयमा निर्वाचन

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित
समाचार

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित

Next Post
पोखरा १४ ले ‘प्रथम स्थानीय महोत्सव’ आयोजना गर्ने

पोखरा १४ ले ‘प्रथम स्थानीय महोत्सव’ आयोजना गर्ने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?