• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

मालपोत र भुमिकरमा महानगरको चर्को बृद्धि

घटाउन माग गर्दै नागरीक समाजको विरोध र्याली, महानगरप्रमुखलाई ज्ञापन पत्र

Ramsharan Nepali by Ramsharan Nepali
August 10, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, साउन २६ । मालपोत र भुमीकरमा चर्कोे वृद्धि भएको भन्दै नागरीक समाजले बुधबार विरोध र्याली गर्नुका साथै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई ज्ञापन पत्र बुझाएको छ ।

सर्वसाधारण जनताहरुले विगत वर्षको तुलनामा २/३ सय प्रतिशतसम्म वढि कर तिर्नुपरेको भन्दै गुनासो गर्ने गरेकाले वढाएको करको दरमाथी पुर्नविचार गर्न दवाद दिनको लागी र्याली गर्नुपरेको जागरुक नागरीक समाज पोखरा–२६ का अध्यक्ष रामहरी ढुंगानाले वताए ।

पोखरा महानगरपालिका वडा नं २६निवासी सावित्री भटरार्ईले पोखरा महानगरपालिकामा मालपोत तथा भुमिकर तिर्न जादाँ गत वर्षको भन्दा दोब्वर दस्तुर तिर्न बाध्य भएकी छन् ।

जग्गाबाट हुने आम्दानीको कुनै मुल्याङकन नगरी महागरपालिकाले जनतालाई राहत दिनुपर्नेमा उल्टै ढाडै सक्ने गरि विभिन्न क्षेत्रमा बढाएको करले जनतालाई राहतको साटो आहत दिने काम भएको र्यालीमा सहभागी पोखरा महानगरपालिका वडा नं २६ निवासी सावित्री भटरार्ईले वताईन ।

समाजले बिभिन्न क्षेत्रमा बढाईएको चर्को करलाई पुर्नविचार गरियोस भनि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र उप प्रमुख मन्जुदेवि गुरुङलाई ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको छ ।

समाजका अध्यक्ष रामहरि ढुगानले प्रमुख आचार्यलाई ज्ञापन पत्र बुझाउदै प्रदेश तथा स्थानिय सरकारले बृद्धि गरेको करलाई पुर्नविचार नगरिए वा गत वर्ष कै दरमा राख्न माग गर्दै यदि कुनै सुनुवाई नभए जनस्तरबाट आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।
यता ज्ञापन पत्र बुझदै नगरप्रमख धनराज आचार्यले मालपोत कार्यालयले राखेको मुल्याङकन र महानगरपालिकाले राखेको मुल्याङकनलाई समायोजन गर्दा केही क्षेत्रमा गत वर्षको तुलनामा कर बृद्धि भएको जानकारी दिदै पोखरा महानगरपालिका वडा नं १,३,२३ र २७ का कुनै कुनै ठाउमा अस्वाभाविक रुमपा करको दर बढेको पाइएकाले यो कसरी भयो भन्ने बारेमा महानगरलाई खोजीको विषय बनेको बताएका छन् ।


यता राजश्व परामर्श समितिकी संयोजक तथा उप प्रमुख मन्जुदेवि गुरुङले धेरै करका दरमा हेरफेर नगरेको महानगरपालिकाले आर्थिक ऐन २०८०/८१ मार्फत थोरै शीर्षकमा वृद्धि गरेको बताईन ।उनले महानगरपालिकाले गत आर्थिक वर्षको तुलनामा सम्पत्ति, व्यवसाय, बहाल, भूमि लगायत आन्तरिक राजस्वका सबै शीर्षकमा केही वृद्धि गरेको छ । व्यवसाय करमा ‘क’ वर्गको वित्तीय संस्था वा वाणिज्य बैंकदेखि सहकारी बैंक शाखा कार्यालयका लागि १० प्रतिशतले वृद्धि गरेको जानकारी गराएकी थिईन ।

‘सम्पत्ति कर अलिकति वृद्धि भएको देखिएको छ जग्गाको न्युनतम अनुपात बढे कै हो । कसको जग्गा कति छ त्यो अनुसार कर वृद्धि भएको हो । बिकास निर्माणका क्रममा पहिलाका कच्ची बाटाको ठाउमा पक्की वाटो बनेपछि स्वतह जग्गाको मुल्यङकन बढेपछि धेरै हुनेको धेरै र थोरै हुनेको थोरै बढेको छ । उप प्रमुख गुरुङको भनाई रहेको छ ।

यता आर्थिकमा महानगर क्षेत्रभित्र रहेका तालहरुबाट माछा निकाल्दा कर तिर्नुेपर्ने व्यवस्था गरेको छ ऐनले एक केजी बराबर ६ रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको हो । महानगरको क्षेत्रभित्र फेवाताल, बेगनास, रुपा, दिपाङ, खास्टे, मैदी, न्युरोनी, गुँदे र कमलपोखरी पर्छन् ।अघिल्लो आर्थिक वर्षमा तालबाट माछा निकालिएको प्रतिकेजी ५ रुपैयाँका दरले राजस्व बुझाउनुपर्ने हुन्थ्यो । यस आर्थिक वर्षदेखि एक रुपैयाँले राजस्व वृद्धि भएको हो । महानगर क्षेत्रभित्र सञ्चालित उद्योग, व्यापार र व्यवसायमा लाग्ने करको दरमा पनि वृद्धि भएको छ अघिल्लो आर्थिक वर्षभन्दा यो वर्षको तुलनामा ५ हजारसम्मले बढेको छ ।

आन्तरिक स्रोतबाट मात्रै यो आर्थिक वर्षमा २ अर्ब २७ करोड ७ लाख संकलन गर्ने लक्ष्य महानगरले लिएको छ महानगरले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब १ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

Previous Post

संक्रामक तथा सरुवा रोग अस्पतालमा नि:शुल्क डायलायसिस सेवा

Next Post

पोखरा महानगरपालिका वडा नं.२६ को सार्वजनिक सुनुवाइ

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

Next Post
पोखरा महानगरपालिका वडा नं.२६ को सार्वजनिक सुनुवाइ

पोखरा महानगरपालिका वडा नं.२६ को सार्वजनिक सुनुवाइ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?