लेखनाथ – पोखरा ३० मोहरियामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालले मिर्गौला पीडित बिरामीका लागि डायलायसिस सेवाको सुरुवात गरेको छ ।
अब चर्को शुल्क तिरेर निजी अस्पतालवाट सेवा लिन वाध्य बिरामीले सित्तैमा सेवा पाउने अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनले जानाकारी दिनु भयो।
पहिलो चरणमा परीक्षण स्वरुप साउन २२ गते देखि प्रत्येक दिन ३ बिरामीलाई सेवा दिइएको डा सन्दीप ओझाले जानकारी दिए ।
सेवा औपचारिक रुपमा सुरु नभए पनि पहिलो चरणमा दैनिक ३ बिरामीको उपचार गर्दै जाने र परीक्षण अवधिपछि फुल फेजमा मेसिनहरु सञ्चालनमा ल्याइने अस्पतालका कार्यकारी निर्देशक गौचन बताउनु हुन्छ ।
Discussion about this post