• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा महानगरपालिका वडा नं.२६ को सार्वजनिक सुनुवाइ

ताल वेचेर खान पाईदैन : वडाध्यक्ष थापा

Ramsharan Nepali by Ramsharan Nepali
August 10, 2023
in समाचार, स्थानीय
0
0
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २५ साउन । पोखरा महानगरपालिका वडा नं.२६ को आर्थिक वर्ष २०७९÷०८० को सार्वजनिक सुनुवाइ कार्यक्रम बिहिबार सम्पन्न गरिएको छ । वडा कार्यालय र नागरिकहरुका बीचमा दोहोरो सम्वाद स्थापित गर्दै विकास प्रक्रियामा नागरिकहरुको रचनात्मक प्रतिनिधित्व सहित जवाफदेहिता तथा पारदर्शिता प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको वडा अध्यक्ष नरेन्द्र थापाले बताए ।

सो क्रममा आ.व २०७९/०८० मा कार्यालयसँग सम्बन्धित समस्या, जनगुनासो तथा उजूरीहरुको सुनुवाइ, वर्षभरि सञ्चालन गरिएका योजना, परियोजना, कार्यक्रम, बजेट आदिका बारेमा सम्बन्धित सरोकारबाला तथा नागरिकहरुलाई विस्तृत जानकारी दिइएको थियो ।
सार्वजनिक सुनुवाइका क्रममा नागरिकहरुले वडाको दैनिक सेवाप्रवाह, विकास निर्माणका कार्यक्रमहरुको प्रगति, सांगठनिक शुसासन, पारदर्शिता तथा जवाफदेहिता, मापदण्ड कार्यान्वयन, सार्वजनिक सम्पतिको संरक्षण सहित समग्र वडाको विकास प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए ।

जिज्ञासाको सम्बोधन गर्दै, अध्यक्ष थापाले वडामा रहेको खास्टे, निउरेनी र गुँदेताल बेचेर खान कसैलाई नदिने बताएका छन । उनले भने–‘ताल स्थानिय सरकारको सम्पती हो, कसैले धन्दा चलाएर वा बेचेर खान पाउदैन ।” वडालाई आफ्नो सम्पतीको रक्षा कसरी गर्नु पर्दछ त्यो थाहा छ । ’

सरकारी सम्पति अतिक्रमणको बिषयमा उठेको प्रश्नको उत्तर दिने क्रममा अध्यक्ष थापाले भने –‘कसैलाई सार्वजानिक सम्पति खान्छु भन्ने लागेको छ भने त्यो भ्रम हो । हामीले हाम्रो सम्पती के कति छ ? खवर पाम भनेर नापी र मालपोत कार्यालयसँग सुचना मागेका छौँ । सार्वजनिक सम्पति माथी कसैले गिद्दे नजर नलगाए हुन्छ । ’अध्यक्ष थापाले जनताको गुनासो सम्बोधन गर्नकै लागि जनप्रतिनिधी बनेको र जनताको सुझाब, गुनासो आलोचनालाई शिरोधार्य गरेर आगामी दिनमा सुन्दर वडा निर्माण गर्ने कार्यमा हातेमालो गर्ने प्रतिबद्धता गरेका थिए ।

वडाद्धारा संचालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक सहित ति विषयका सम्वन्धमा सार्वजनिक रुपमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याइ नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण तथा जिम्मेवार संस्कार बसाउन सार्वजनिक सुनुवाई कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापा, महाशाखा प्रमुखहरु जयराम पौडेल, भरतराज पौडेल, कृष्ण तिवारी र पोखरा महानगरका वडाअध्यक्षहरु किरण बराल, सन्तोष बास्तोला, दिपेन्द्र मरसानी, तोरण बहादुर बानियाँ र दुर्गा सुवेदीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख प्रशाकिय अधिकृत श्याम कृष्ण थापाले कार्यक्रममा सहभागिको संख्या र कार्यक्रमको नमूनाका बारेमा प्रशंसा गरेर आगामी दिनमा सहकार्य गरेर अगाडी बढ्ने बताएका थिए ।

कार्यक्रममा वडाका जनप्रतिनिधिहरु सहित कर्मचारीहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, नागरिक समाज, आमा समुह, युवा क्लव र बिभिन्न समुदायका समुहहरुको सहभागिता थियो । कार्यक्रममा वडा सदस्य तिर्थ बहादुर राजभाटले स्वागत गरेका थिए भने वडाका सचिब मिना भट्टराई भण्डारीले वडाको प्रगति प्रतिबेदन पेश गरेकी थिईन ।

कार्यक्रम संचारकर्मी शुरेस रानाभाटले संचालन गरेका थिए भने कार्यक्रमहरुमा वडा सदस्यहरु लक्ष्मीदेवी भट्टराई, सुजाता वराल सुनार र सुदिपराज ढुङ्गानाको सहभागिता रहेको थियो ।

सार्वजनिक सुनुवाईमा सेवा प्रवाह र सुशासनको सम्वन्धमा सेवाग्राहीले सन्तुष्टी व्यक्त गरेका थिए । सार्वजानिक सुनुवाईको अवसरमा वडाको बृत्तचित्रको बिशेष प्रदर्शन गरिएको थियो बृत्तचित्रको लेखन तथा निर्देशन सौगात पोखरेलले गरेका थिए । कार्यक्रममा वडा नं. २६ का एक हजार बढि स्थानियको सहभागिता रहेको थियो ।

Previous Post

मालपोत र भुमिकरमा महानगरको चर्को बृद्धि

Next Post

लायन्स क्लव अफ लेखनाथको पदस्थापन कार्यक्रम सम्पन्न

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

Next Post
लायन्स क्लव अफ लेखनाथको पदस्थापन कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ लेखनाथको पदस्थापन कार्यक्रम सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?