लेखनाथ, ३० साउन । लायन्स क्लव अफ लेखनाथको पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२३÷२४ का लागि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई लायन्स क्लव ईन्टरनेशनल ३२५ आई का प्रथम भाईस डिष्ट्रीक गभर्नर विनोद ढुंगानाले सपथ ग्रहण गराएका थिए ।
उक्त अवसरमा बर्ष २०२२/२३ का अध्यक्ष तिलकशाली सापकोटाले आफ्नो कार्यकालमा भए गरेका विभिन्न गतिबिधिहरुको बारेमा जानकारी गराएका थिए भने बर्ष २०२३/२४ का अध्यक्ष रमानाथ पौडेलले आगामी योजना र कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
उक्त अवसरमा लायन्स क्लव अफ पोखरा अघौं को विधिवत रुपमा घोषणा गरीनुका साथै सपथ ग्रहण समेत गराइएको थियो ।
कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल ३२५ आई का डिष्ट्रीक गभर्नर चन्द्रकुमार केसी, कोषाध्यक्ष, सन्तोष रावल, निवर्तमान गभर्नर राम वसेल, लायन्स क्लव अफ पोखरा अघौंका अध्यक्ष प्रकाशलाल श्रेष्ठ लगायतले बोलेका थिए ।
क्लवका अध्यक्ष तिलकशाली सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ लेखनाथका तृतिय उपाध्यक्ष बोधराज लामिछानेले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव चिरञ्जीवी तिवारीले गरेका थिए ।
Discussion about this post