लेखनाथ । पोखरा –२६ को स्याङजाली तमु समाजले हरेक वर्ष साउनको अन्तिम मंगलवार मनाउदै आएको टोहेटे पर्व यस वर्ष पनि सामुहिक रुपमा मनाएको छ।
वर्षको दुई पटक तमु समुदायले मनाउने टोहोटे पर्व अन्तरगत चैत्र महिनाको अन्तिम मंगलवार उभौंली र साउनको अन्तिम मंगलवार उधौली पर्वका रुपमा मनाउने प्रचलन अन्तरगत टोहेटे पर्व मनाएका हुन् ।
पोखरा–२६ को गुदेतालबाट धार्मिक परम्परा अनुसार वाजा गाजा, र तमु समुदायको भेष भुसामा सझिएर समुहले बुढिवजार,लक्ष्मी मावी,भित्री अर्घौ बजारको परिक्रमा गर्दै गडुवा खोला किनारामा पुगी बैधिक विधिपुर्वक समापन गरिएको हो ।
समाजका अध्यक्ष ले.नेम बहादुर गुरुङको नेतृत्वमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन प्रसाद गुरुङ,पुुर्व अध्यक्ष क्याप्टेन डिक बहादुर गुरुङ,सुवेदार यम बहादुर गुरुङ क्याप्टेन जंग बहादुर गुरुङ, आमा समुहकी अध्यक्ष रिनु गुरुङ ,पुर्व अध्यक्ष कमला देवि गुरुङ ,टौसरी गुरुङ र सचिव क्याप्टने विल बहादुर गुरुङ लगाएतले नेपालीहरुको मौलीक सस्कृतिको रक्षाका लागि यहाँ भएका विभिन्न जात जातहरुले धार्मिक रितिरिवाजको संरक्षण गर्नु पर्ने आवस्यकता औल्याएका थिए ।
टोहोटे पर्वलाई विशेष गरि प्राकृतिक दैवि प्रकोपबाट मानव जातीको रक्षा होस भन्दै वाली नाली र गाउ समाजमा कुनै किसिमको आपत विपत नआवसो भन्दै भुत प्रेतलाई भागाउने प्राचिन मान्यता रहदै आएको छ ।
Discussion about this post