लेखनाथ –
पोखरा महानगरपालिका ३२ मा निर्माण भएकोनिर्माण भएको ढोडवेशी मालेपाटन खानेपानी तथा सरसफाई आयोजना उद्घाटन गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश सरकारद्वारा निर्माण भएको उक्त आयोजनाको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले एक कार्यक्रमबीच उद्घाटन गरेकी हुन् ।
उक्त आयोजनाले करिब ३ सय ६४ घरधुरी लाभान्वित भएको बताइएको छ । उक्त आयोजना निर्माणको लागि करिब ३ करोड रुपैयाँ खर्च भएको छ ।
कार्यक्रममा प्रदेश सांसद सरस्वती गुरुङ, मन्त्रालयका सचिव, ई. डा. सन्तोष कैनी, अन्य कर्मचारीहरु, खानेपानी तथा सरसफाई डिभिजन स्याङजाका कार्यालय प्रमुख सहित प्राविधिकहरु, पोखरा महानगरका जनप्रतिनिधि, खानेपानी उपभोक्ता समिति र लाभान्वित समुदायहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post