• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

सृजनामा प्रदेश स्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
June 18, 2023
in खेलकुद
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २ असार ।
सृजना लिडर्स क्लवको आयोजनामा पोखरामा प्रथम गण्डकी प्रदेश (एस.ई.ई.) स्तरीय टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । प्रमुख अतिथिका रुपमा कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशी रहनु भएको उक्त कार्यक्रममा प्रदेशका ५ जिल्ला स्याङजा, कास्की, तनहुँ, पर्वत र लमजुङका गरी ९३ विद्यार्थी सहभागी भएका थिए । छात्र सिंगलमा ४८, छात्र डबलमा १२ र छात्रा सिंगलमा ४ टिमले प्रतिष्प्रर्धा गरेका थिए ।

प्रतियोगितामा छात्रा सिङ्गल तर्फबाट केफ मा.वि., सिमपानीकी समृद्धि अधिकारीले प्रथम स्थान र निष्पक्ष मा.वि.की प्रतिक्षा सुवेदीले द्वितीय स्थान र हिमाञ्चल बोर्डिङकी आस्था पुन, प्रगति बोर्डिङ स्कुलकी दिप्नी गुरुङले तृतीय स्थान गर्न सफल भएका छन् । छात्र सिंगल, छात्र डबल र छात्रा सिङगलमा गरी तीन बिधामा खेल खेलाइने क्लवका अध्यक्ष मिलन खड्काले जानकारी दिए । छात्र सिङ्गल तर्फबाट समता शिक्षा निकेतनका समिर लिम्बु प्रथम, सितलदेवी मा.वि.का विवेक दर्जीले दोस्रो स्थान र हिल प्वाइन्ट मा.वि.का एड्रिन श्रेष्ठ, वेल नोनका रुपेश कुँवरले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी छात्र डबल तर्फबाट ग्लोबल कलेजियट मा.वि.का जेनिथ गुरुङ, जेनिथ ठकुरीले प्रथम स्थान, आइबेल एकेडमीका सागर अधिकारी, सविन पौडेलले दोस्रो स्थान र हिमाञ्चल बोर्डिङ स्कुलका रिवाज ढकाल, आयुष अधिकारी र मदरल्याण्ड मा.वि.का अमिस पौडेल र सन्दिप राउतले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । कार्यक्रम विद्यालयको टेनिस कोर्टमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा प्रथम हुने छात्र, छात्रा टिमलाई नगद ५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र र द्वितीय हुनेलाई नगद ३ हजार रुपैयाँ मेडल र प्रमाणपत्र र तृतिय हुने दुई टिमले १५÷१५ सयका दरले पुरस्कार प्रदान गरिएको थियो । साथै उक्त कार्यक्रमको मैत्रीपूर्ण खेलतर्फ सृजना मा.वि.का लक्ष्मण पोख्रेल प्रथम, प्रवेश आचार्य द्वितीय, अपिल ढकाल र शुभम तिवारीले तृतीय स्थान प्राप्त गरेका थिए ।

सृजना लिडर्स क्लव सृजना माध्यमिक विद्यालय सृजनाचोक पोखरामा अध्ययन गर्ने विद्यार्थीहरूको संस्था हो । विद्यालयका संस्थापक प्राचार्य डोलराज पाण्डेले विद्यार्थीलाई अतिरिक्त क्रियायाकलापमा सहभागी गराउन प्रयत्न गर्दै आएको जानकारी दिए । विद्यालयले क्रिकेट, टेबलटेनिस र बास्केटबलका राष्ट्रिय खेलाडी उत्पादन गरेको कुरा समेत उनले बताएका छन् । प्रतियोगिताको उद्घाटन कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले गरेका थिए भने कार्यक्रमको समापन उक्त प्रतियोगिताको अध्यक्ष मिलन खड्काले गरेका थिए ।

त्यसैगरी हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सह—आयोजनामा पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा दुई दिनसम्म सञ्चालन भएको विज्ञान प्रर्दशनी कार्यक्रममा यस सृजना आवासीय माध्यमिक विद्यालयबाट कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरुले दोस्रो स्थान हासिल गर्न सफल भएका थिए । भने केही दिन अगाडी कास्की जिल्ला टेबुल टेनिस संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय टेबुल टेनिस प्रतियोगितामा यस विद्यालयबाट कक्षा १० मा अध्ययनरत छात्रा तृषा गुरुङले दोस्रो स्थान र कक्षा ७ मा अध्ययनरत छात्रा सक्रिया पोख्रेलले तेस्रो स्थान हासिल गर्न भएका थिए ।

Previous Post

हलिवुड स्टाईलमा ‘वेगनास लेक’ होडिङ्ग बोर्ड बन्दै

Next Post

बेगनासतालमा क्यान्सर पिडितलाइ सहयोग अभियान

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

जेसिए कपको उपाधी गोगनलाई
खेलकुद

जेसिए कपको उपाधी गोगनलाई

अन्तर विद्यालय क्रिकेटमा छात्रतर्फ त्रिभुवन र जनप्रिय तथा छात्रातर्फ सिद्ध र बाहारी फाइनलमा
खेलकुद

अन्तर विद्यालय क्रिकेटमा छात्रतर्फ त्रिभुवन र जनप्रिय तथा छात्रातर्फ सिद्ध र बाहारी फाइनलमा

लेखनाथ हाफ म्याराथन शनिबार हुदै
खेलकुद

लेखनाथ हाफ म्याराथन शनिबार हुदै

पोखरा–१४ र १५ वडास्तरीय फुटबलको फाइनलमा
खेलकुद

पोखरा–१४ र १५ वडास्तरीय फुटबलको फाइनलमा

WPUCL सिजन ३ : पियु राईनोजको कप्तानमा श्रद्धा बन्जारा
खेलकुद

WPUCL सिजन ३ : पियु राईनोजको कप्तानमा श्रद्धा बन्जारा

Next Post
बेगनासतालमा क्यान्सर पिडितलाइ सहयोग अभियान

बेगनासतालमा क्यान्सर पिडितलाइ सहयोग अभियान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Executive editor : Ramsharan Nepali

  • Senior Reporter : Sachin Ranabhat

  • Reporter : Kishor Pariyar

  • Photo Journalist : Janak Raj Tiwari

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?