स्मीता अधिकारी
पोखरा ३, असार
पोखरा ३१ बेगनासतालका स्थानीय युवाहरुले स्थानीय विपन्न परिवारका क्यान्सर पिडित विरामीलाइ सहयोग अभियान चलाएका छन् । यसका लागि संस्थागत र व्यक्तिगत रुपमा रकम संकलन गरि विरामीका परिवारलाइ हस्तान्तरण गरिएको छ ।
यसैक्रममा स्थानीय सामाजिक संस्था पोखरा हर्ट ग्रुपले पोखरा ३१ किम्वेसी निवासी ४० वर्षकी हरिमाया नेपालीलाइ पाठेघरको क्यान्सर उपचारका लागि स्थानीयबाट संकलन गरेको रु ३१ ह्जार रुपैंया हस्तान्तरण गरेको छ ।
उक्त रकम पोखरा हर्ट ग्रुपको तर्फबाट स्थानीय युवा समाजसेवी पुरुषोत्तम अधिकारी, शोभा लामिछाने, सरु बराल लगायतको सक्रियतामा संकलन गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा वडा नं ३१ का जनप्रतिनिधि देबेन्द्रराज अधिकारी, बिनोद लामिछाने, बिरेन्द्र ढकाल लगायतका व्यक्तिहरु सहभागी थिए ।
त्यसैगरि, पोखरा ३१ कै सामाजिक व्यक्ति ज्ञानेन्द्र कोइराला अधिकारी को नेतृत्वमा पोखरा २९ की ५ वर्षीय क्यान्सर पिडित बालिका स्मारिका थापाका लागि रकम संकलन अभियान संचालन गरिएको छ ।
पोखरा वडा नं १८ घर भइ वडा नं २९ वस्दै आएका देव वहादुर थापा र किस्मिता श्रेष्ठ थापा की छोरी स्मारिका थापालाइ ब्लड क्यान्सर भएको हो ।
स्थानीय लिटिल गार्डेन मन्टेश्वरीमा अध्ययनरत, पिडित बालिकाको आर्थीक अवस्था अत्यन्तै नाजुक भएका कारण सहयोग रकम संचालन गरिएको अभियान संयोजक रितु पौडेलले बताइन् । स्मारिका काठमाण्डौको जावलाखेल स्थीत ब्लड हस्पीटलमा उपचाररत छिन् ।
Discussion about this post