लेखनाथ, १३ जेठ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना एवं शिशुवा नेवा खलः को सहकार्यमा पोखरा–३० शिशुवामा सञ्चालित १ महिने धिमे बाजा बाजा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको समापन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव हेमराज सुवेदीले कला संस्कृतिको जर्गेना गर्दै भावि पुस्तामा हस्तान्तरण गर्न आवश्यकता रहेको औंल्याउँदै तालिममा सिकेका सिपलाईै व्यवहारमा उर्तान आग्रह गरेका थिए ।
यस्तै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले सिकेको सिपलाई निरन्तरता दिंदै संस्कार र संस्कृतिको संरक्षणमा लाग्न सुझाव दिएका थिए ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, वडा नं. ३० का सदस्य विनोदकुमार लामिछाने, लेखनाथ नेवा खलः का निवर्तमान अध्यक्ष प्रेम लिगल, नेवा मिसा पुचकी अध्यक्ष संगिता वज्राचार्य, लेखनाथ नेवा खलका द्धितीय उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, प्रशिक्षार्थीको तर्फबाट पोखरा–३० की स्नेहा श्रेष्ठ लगायतले बोलेका थिए ।
१ महिनासम्म सञ्चालित तालिममा ५० जनाको सहभागीता रहेको थियो भने नेवा ल्याह्म पुच कास्कीका अध्यक्ष मधुसुदन जोशीले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । उक्त अवसरमा नेवा मिसा पुच कास्कीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष अर्जुन कुमार ताम्राकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भैरवलाल श्रेष्ठले गरेका थिए ।
Discussion about this post