• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

टाइगर कप भलिबल प्रतियोगिताको तयारी पुरा, उद्घाटन खेलमा आयोजक गण्डकी र नेपाल पुलिस भिड्ने

Lekhnath Khabar by Lekhnath Khabar
January 21, 2023
in खेलकुद
0
टाइगर कप भलिबल प्रतियोगिताको तयारी पुरा, उद्घाटन खेलमा आयोजक गण्डकी र नेपाल पुलिस भिड्ने

टाइगर कप भलिबल प्रतियोगिताको तयारी पुरा, उद्घाटन खेलमा आयोजक गण्डकी र नेपाल पुलिस भिड्ने

0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

लेखनाख खबर । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’को तयारी पुरा भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो । आयोजकले शनिबार एक पत्रकार भेटघाट मार्फत तयारी पुरा भएको जनाएको छ । सो अवसरमा तयारी बारे जानकारी दिदैं संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले भोली माघ ८ गते आइतबार १ बजे एक भव्य समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।
प्रतियोगिताको पहिलो दिन तिन खेल हुने आयोजकले जानकारी दिएको छ । माघ ८ गते हुने पहिलो खेल विहान १० बजे सुरु हुनेछ । पहिलो खेल महिलातर्फ न्यू डायमण्ड र नेपाल आर्मी भिड्ने छन् भने मध्यान्ह १२ बजे पुरुषतर्फ त्रिभुवन आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबका विच हुनेछ । त्यसै गरी दिउसो २ः३० बजे आयोजक पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिसका विच उद्घाट खेल हुनेछ ।
प्रतियोगितालाई थप आकर्षण बनाउन र दर्शकलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्ने गरी यो पटक विशेष प्रकारको प्यारापिट निर्माण गरिएको बताउँदै प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउन एलइडी स्क्रिन राखिएको अध्यक्ष शर्माले जानकारी दिए । “हामीले दर्शकहरुलाई सहज ढङ्गबाट खेलको अवलोकन तथा मनोरञ्जन लिन अस्थायी प्यारापिट बनाएका छौं भने वृद्ध–वद्धाहरुको लागि छुट्टै कुर्चीको व्यवस्था समेत गरका छौं ।”
राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगिताको अन्तिम समयमा आएर महिलातर्फ नेपाल पुलिसले सहभागिता नजाउने बताएको टेक्निकल टिमका सदस्य टहल सिंह थापा मगरले जानकारी दिए । “केही खेलाडी घाइते भएको र कोही विरामी भएको कारण देखाउँदै नेपाल पुलिस महिला टिम अन्तिम समयमा नआउने घोषणा ग¥यो”, उनले भने ।
यस्तै गरी अन्तिम समयमा महिलातर्फकै अर्को एक विदेशी टोली भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड समेत नआउने भएको आयोजकले जनाएको छ ।
महिलातर्फ दुई टोलीको सहभागिता नभए पछि आयोजकले गण्डकी प्रदेशको महिला टिमलाई प्रतियोगितामा सहभागित गराएको छ । गण्डकीको महिला टिममा तिन जना राष्ट्रियस्तरका भारतिय खेलाडीहरु टोलीमा समावेश गरिएको आयोजकले जनाएको छ । गण्डकीको महिला टिम राष्ट्रिय टिमकी कप्तान समेत रहेकी अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिने छ ।
प्रतियोगितामा पुरुषतर्फको एक विदेशी टिम सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंकाको सहभागिता रहने छ ।
प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् ।
यसै गरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।
गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लबले उपाधि हात पारेको थियो भने पुरुषतर्फ गत सस्करणको उपाधि विजेता नेपाल आर्मी रहेको थियो ।
आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएकोे छ । महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमलाई रु ५–५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने सस्थाका उपाध्यक्ष समेत रहेका प्रतियोगिताका संयोजक देवेन्द्र केसीले जानकारी दिएका छन् ।
प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र ३ हजार बराबरको स्वास्थ्य परिक्षण कुपन भौचर प्राप्त गर्ने छन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०–१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन आयोजक सस्था टाइगुर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष शर्माको नेतृत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
त्यस्तै प्रतियोगिताको सस्थाका उपाध्यक्ष केसीको संयोजकत्वमा विभिन्न ११ उपसमिति गठन गरेको छ । प्रतियोगितालाई भव्य संगै मर्यादित रुपमा अघि बढाउन स्वदेश तथा विदेशमा रहेका खेलप्रेमीहरुलाई सहयोगको आग्रह गर्दै स्थानिय प्रशासन, उद्योगी, व्यपारी, नागरिक समाज, विभिन्न संघ–संस्था, खेलकुदका संघ–संस्था र स्थानियतहलाई आर्थिक, भौतिक एवम नैतिक सहयोगका लागि समेत आयोजकले आह्वान गरेको छ ।
सुश्री मिडिया प्राली काठमाण्डौको विशेष समन्वय तथा राष्ट्रिय खेलकुद परिषद, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिकाको सहयोगमा आयोजना हुने प्रतियोगितालाई नेपाल भलिबल संघले स्विकृती प्रदान गरेको संस्थाका सचिव डिबी नेपालीले जानकारी दिएका छन् ।

Previous Post

सस्तो इन्टरनेट ‘वाइफाइ नेपाल’ : पोखरा, लेखनाथ र दमौलीमा पनि सेवा

Next Post

यति एयरलाईन्स दुर्घटना प्रभावितले शोकसभा गर्ने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

डायमण्ड रनिङ सिल्ड २०८२ शुरु
खेलकुद

डायमण्ड रनिङ सिल्ड २०८२ शुरु

शुक्रबार बेगनासतालमा ‘एक्सटेरा नेपाल २०२५’ हुने
खेलकुद

मंसिर १३ गते शनिबार बेगनासतालमा ‘एक्सटेरा नेपाल २०२५’ हुने

लेउवा संघका ब्यवसायीहरु विच मैत्रिपुर्ण भलिवल प्रतियोगिता
खेलकुद

लेउवा संघका ब्यवसायीहरु विच मैत्रिपुर्ण भलिवल प्रतियोगिता

बेगनास कपको उपाधि मिक्कि एफ सि लाई
खेलकुद

बेगनास कपको उपाधि मिक्कि एफ सि लाई

Next Post
यति एयरलाईन्स दुर्घटना प्रभावितले शोकसभा गर्ने

यति एयरलाईन्स दुर्घटना प्रभावितले शोकसभा गर्ने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?