• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

१३औं नेसनल प्याब्सन खेलकुद महोत्सव सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
December 10, 2022
in शिक्षा
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

१३औं नेसनल प्याब्सन खेलकुद महोत्सव सम्पन्

विष्णुहरि पौडेल

पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एन प्याब्सन० कास्कीको आयोजनामा पोखरामा भएको १३औं नेसनल प्याब्सन खेलकुद महोत्सव शुक्रबार सकिए को छ ।यसमा १ सय ६६ अंक सहित कास्की मोड्नाइज एकेडेमी च्याम्पियन भएको छ। कास्की मोड्नाइज एकेडेमीले एकल तथा सामुहिक खेलमा १३ वटा खेलमा जित हासिल गरेको हो । नेश्नल क्रियसन स्कुलले ४५ अंक ल्याउदै कास्की मोड्नाइज एकेडेमीलाई पछ्याएको थियो ।

यस्तै, एथलेटिक्सतर्फ हेम्जा बोर्डिङ स्कुलले ५० अंक सहित पहिलो, कास्की मोड्नाइज ४५ अंकसहित द्वितीय र चिल्ड्रेन एकेडेमी तृतीय भयो ।

त्यस्तै बास्केटबतर्फ कास्की मोड्नाइज प्रथम, न्यू ग्यालेक्सी बोर्डिङ स्कुल द्वितिय, त्रिवेणी बोर्डिङ स्कूल र लिटल फ्लावर बोर्डिङ स्कुल तृतिय भए ।

मंसिर २० गते देखि पोखरामा संचालन भएकोे उक्त महोत्सवमा एन प्याब्सनमा आबद्ध ४६ बिद्यालयका करिब ७ हजार खेलाडीहरु सहभागि भएको एन प्याब्सन कास्कीका सचिव मानकाजी गुरुङले बताए ।

उक्त कार्यक्रममा वोल्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एन प्याब्सन०का केन्द्रिय अध्यक्ष पाण्डब हमालले विद्यार्थी चौतर्फी विकासको मुलधार भएको भन्दै शिक्षासँगै खेलकुदलाई सँगै जोडेर हेर्नपर्ने बताए । खेलमा उत्कृष्टतासँगै सहभागिता पनि त्यसको विजेता रहेको उनको भनाई थियो । एन–प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा खेलकुद महोत्सव सम्पन्न भएको हो।

खेलकुद महोत्सव अन्तर्गत छात्रा भलिबलको उपाधि नेशनल कृयशन माविले जितेको छ । पोखरा रंगशालामा शुक्रबार भएकोे फइनलमा ज्ञानज्योती विद्याकुञ्ज माविलाई नेशनल कृयशनले २–० सोझो सेटमा पन्छ्याउँदै उपाधि हात पारेको हो ।

त्यस्तै प्रतियोगितामा बड्स एकेडेमी र कास्की मोर्डनाइज्डले संयूक्त रुपमा तेश्रो स्थान हासिल गर्न सफल भएका छन् । आयोजकले सेमिफाइनालमा पुग्न सफल दुई टिमलाई तेश्रो स्थान हुने गरी नतिजा प्रकाशित गरेको हो ।

छात्रा भलिबलतर्फ एन प्याब्सन आवद्ध २४ विद्यालयहरुको सहभागिता रहेको भलिबल खेलका संयोजक प्रकाशराज वाग्लेले जानकारी दिए । मंसिर २० गतेदेखि शुरु भएको खेलकुद महोत्सवमा ४२ विद्यालयले सहभागिता जनाए ।

१३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत पुरुष सिनियर फुटबल प्रतियोगिता तथा जुनियर तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा कास्की मोड्नाइजले दोहोरो उपाधि जितेको छ ।

पोखरा रंगशालामा शुक्रबार सम्पन्न भएको फुटवल फाइनल खेलमा लिटल फ्लावर एकेडमीलाई कास्की मोड्नाइजले ट्राईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको फुटवल खेल संयोजक राजु केसीले बताए । दुबै टीमले निर्धारित बराबरी खेले पछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।

पहिलो हाफको ६ औ मिनेटमा लिटल फ्लावर एकेडमीका कुश पोर्खेलले गोल गर्दे टीमलाई अग्रता दिएका थिए। निकै रोमाञ्चक फाइनल खेलको २१ औ र २८ औ मिनेटमा कास्की मोड्नाइजका टीम क्यापटेन एसान्त पुनले दुई गोल गर्दे टीमलाई अग्रता दिलाए । त्यस्तै पुर्ण बहादुर गुरुङले खेलको २४ एक गोल थपेका थिए । लिटल फ्लावर एकेडमीका उतसव शाहीले २४ औ र लभ पोर्खेलले खेलको ३७ औ मिनेटमा समान एक एक गोल गरेका थिए ।

ट्राईबे्रकरमा कास्की मोड्नाइज एकेडमीका खेलाडी एसान्त पुन,प्रशान्त गुरुङ,कैलाश गुरुङ र प्रमोद थापाले गोल गर्दा लिटल फ्लावर एकेडेमीको तर्फबाट भने दिपेश लामा र बिजन सुनारले मात्र गोल गर्न सफल भए ।

कास्की मोड्नाइज एकेडमीका तर्फ खेलाडीहरु पुर्ण बहादुर गुरुङ,एसान्त पुन,कुशल गिरी,सावन गुरुङ,प्रशान्त गुरुङ,सागर बिक,आविस्कार गुरुङ, आकाश हरमेल,कैलाश गुरुङ,प्रमोद थापा,मिसल मगर संजिप श्रेष्ठ,आरोन गुरुङ,सुसान्त गुरुङ,सन्दिप कुवँर र प्रनित कार्की रहेका थिए ।

त्यस्तै लिटिल फ्लावर एकेडमीको तर्फबाट खेलाडीहरु राम भुजेल,शिव गुरुङ,कृतिम गुरुङ,अकाश भुजेल,निसान केसी,सफल सुनार,आवास पुन,सर्मपण परियार,बिजन सुनार लभ पोर्खेल,टप बहादुर आले,सुसान्त गुरुङ,उत्सव शाही,कुश पोर्खेल,दिपेश लामा र सोनल तिलिजा पुन रहेका थिए ।

यसैबिच, जुनियर सेभेन ए साइड फुटवल प्रतियोगितामा पनि कास्की मोड्नाइज विजयी भएको छ । माछा पोखरी खेल मैदानमा आयोजना भएको प्रतियोगितामा गोर्खा एकेडमीलाई २–१ गोलले पाखा लगाउदै कास्की मोड्नाईज एकेडमी विजयी भएको हो ।त्यस्तै सेमिफाइनलमा पराजित भएका न्यू क्रियशन एकेडमी र युनिभर्सल एकेडमी तेर्सो घोषित भय एथ्लेटिक्स तर्फ हेथ्लेटिक्स तर्फ हेमजा बोर्डिङ प्रथम भएको छ । ५० अंकका साथ हेमजा प्रथम भएको हो । कास्की मोड्नाइज ४५ अंकका साथ दोश्रो र ३९ अंकका साथ चिल्ड्रेन एकेडेमी तेश्रो भयो ।शुक्रबार पोखरा रंगशालामा भएको ४०० मिटर दौड सिनियर पुरुषतर्फको फाइनल खेलमा कास्की मोडनाइजका सन्दिप कुँवरले स्वर्ण पदक जित्न सफल भएभने लिटल फ्लावरका कुश पोखरेलले रजत र हेम्जा बोर्डिङका आयुष बिकले कास्य पदक जित्न सफल भए । त्यस्तै ४०० मिटरकै सिनियर महिलातर्फको फाइनल खेलमा कास्की मोडनाइजकी सितल भण्डारीले स्वर्ण, ज्ञानज्योती विद्याकुञ्जकी पल्लभी नेपालीले रजत र चिल्ड्रेन एकेडेमीकी रिता बसेलले कास्य जित्न सफल भइन् ।

त्यसैगरि शुक्रबार नै भएको ४०० मिटर दौड जुनियर महिलातर्फको फाइनल खेलमा हेम्जा बोर्डिङककी आस्ता मगरले स्वर्ण, लिटल फ्लावरकी सुजाता कुमालले रजत र ज्ञानज्योती विद्याकुञ्जकी स्वइच्छा गुरुङले कास्य पदक प्राप्त गरिन् ।

त्यस्तै २०० मिटर दौड सिनियर पुरुषतर्फको फाइनल खेलमा हेम्जा बोर्डिङका अन्जल कुँवर, न्यु लेखनाथ पब्लिकका अनुप क्षेत्री, कास्की मोडनाइजका आयुष क्षेत्रीले क्रमशः स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्न सफल भए । यता २०० मिटर महिला सिनियरतर्फको फाइनल खेलमा चिल्ड्रेन एकेडेमीकी कृष्नी क्षेत्रीले स्वर्ण, त्रिभेनी पब्लिककी सुप्रिया अधिकारीले रजत र ज्ञानज्योती विद्याकुञ्जकी एन्जिला बुढाथोकीले कास्य पदक प्राप्त गरिन् ।

२०० मिटर दौड जुनियर पुरुषतर्फको फाइनल खेलमा हेम्जा बोर्डिङका समिर कुँवरले स्वर्ण, कास्की मोडनाइजका श्रवण गुरुङले रजत र त्रिभेनी पब्लिकका सौगात रसाइलीले कास्य पदक प्राप्त गरेभने जुनियर महिलातर्फको फाइनल खेलमा त्रिभेनी पब्लिककी अन्जिल अधिकारीले स्वर्ण, चिल्ड्रेन एकेडेमीकी समिक्षा थापाले रजत तथा हेम्जा बोर्डिङकी गुन्जन परियारले कास्य पदक प्राप्त गर्न सफल भइन् ।

त्यसैगरि ४०० मिटरको पुरुष सिनियर रिलेतर्फको फाइनल खेलमा कास्की मोडनाइजले स्वर्ण, हेम्जा बोर्डिङले रजत र लिटल फ्लावरले कास्य पदक जित्न सफल भयोभने सोही रिले सिनियर महिलातर्फको फाइनल खेलमा ज्ञानज्योती विद्याकुञ्जले स्वर्ण, कास्की मोर्डनाइजले रजत र लिटल फ्लावरले कास्य पदक जित्न सफल भयो । त्यस्तै ४०० मिटरकै रिले जुनियर पुरुषतर्फको खेलमा कास्की मोडनाइज, हेम्जा बोर्डिङ र सागर मेमोरियलले क्रमशः स्वर्ण, रजत र कास्य पदक जित्न सफल भए । सोही खेलको जुनियर महिलातर्फको खेलमा लिटल फ्लावरले स्वर्ण, कास्की मोडनाइजले रजत र चिल्ड्रेन एकेडेमीले कास्य पदक जित्न सफल भयो ।

टेबलटेनिस छात्रतर्फ कास्की मोड्नाईज एकेडेमीका मञ्जित थापा प्रथम, गोर्खा बोर्डिङ स्कुलका विजय विक द्वितिय, त्रिवेणी एकेडेमीका प्रवेश विक र पुष्प सदन एकेडेमीका अनमोल थापा तितृय हुँदा सोही विधाको छात्रातर्फ यूनिभर्स इङ्लिस बोर्डिङ स्कुलकी करुणा शर्मा प्रथम, साइनिङ स्टारकी सजिना राई द्वितिय हुँदा नेश्नल क्रियशनकी आस्था परियार र अल्फा एकेडेमीकी कृति गुरुङले तृतिय स्थान प्राप्त गरेका थिए

Previous Post

शिक्षाका ज्योती वरालकाे निधन 

Next Post

पोखरा र लेखनाथ छुट्छुटै हुदाँ झनबढि बिकास हुन्छ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

डायमण्डको खेलकुद कार्यक्रम
शिक्षा

डायमण्डको खेलकुद कार्यक्रम

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा
शिक्षा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा

डायमण्ड मावि पोखरा–२७ तालचोकको माध्यमिक दिक्षान्त समारोह सम्पन्न
शिक्षा

डायमण्ड मावि पोखरा–२७ तालचोकको माध्यमिक दिक्षान्त समारोह सम्पन्न

लेखनाथमा गुरुकुल कलेजद्वारा नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
शिक्षा

लेखनाथमा गुरुकुल कलेजद्वारा नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

सिर्जना बहिरा माविको समस्या समाधानका लागि छानविन समिति गठन गरिने
शिक्षा

सिर्जना बहिरा माविको समस्या समाधानका लागि छानविन समिति गठन गरिने

Next Post
पोखरा र लेखनाथ छुट्छुटै हुदाँ झनबढि बिकास हुन्छ

पोखरा र लेखनाथ छुट्छुटै हुदाँ झनबढि बिकास हुन्छ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?