• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

डायमण्ड मा.वि. को त्रिदिवसीय कार्यक्रम: दोस्रो दिन डायमण्ड मेला

Ramsharan Nepali by Ramsharan Nepali
February 7, 2026
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २३ माघ । पोखरा–२७, तालचोकस्थित डायमण्ड सेकेन्डरी स्कूलमा “Read Today, Lead Tomorrow” भन्ने मूल नारासहित पठन महोत्सव २०८२, माघ २२गतेबाट सुरु भएको तीन दिने शैक्षिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सञ्चालन भइरहेको छ।

तिन दिनसम्म चल्ने यस कार्यक्रमअन्तर्गत पठन महोत्सव, डायमण्ड मेला (Food, Education & Fun) तथा ३८औँ वार्षिक उत्सव समेटिएको छ। पहिलो दिन पठन महोत्सव औपचारिक उद्घाटन समारोहसहित २२  गतेबाट सुरु गरिएको थियो, जहाँ राष्ट्रगान, विद्यालय प्रार्थना, ध्यान, विद्यालय निर्देशकद्वारा स्वागत मन्तव्य तथा प्रमुख अतिथिद्वारा कार्यक्रम उद्घाटन गरिएको थियो। त्यसपछि १० मिनेटको सामूहिक “Read Aloud Session” आयोजना गरिएको थियो। पहिलो दिनको प्रमुख आकर्षणका रूपमा प्रख्यात साहित्यकार डा. नवराज लम्सालको Book Talk Show तथा Panel Discussion सम्पन्न भएको थियो भने शिव त्रिपाठीद्वारा कविता वाचनले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।

नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि छुट्टै कार्यक्रम र कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि अर्को कार्यक्रम सञ्चालन गरिएको थियो । कक्षा स्तरअनुसार पुस्तक समीक्षा, कविता वाचन, परियोजना प्रस्तुति, समाचार वाचन, भाषा खेल, समूह वाचन तथा अभिभावक अनुभव आदान–प्रदान जस्ता गतिविधिहरू विद्यालयका विभिन्न स्थानहरूमा Parallel Session मार्फत सञ्चालन गरिएका थिए।

कार्यक्रमको दोस्रो दिन डायमण्ड मेला २०८२ भव्य रूपमा सम्पन्न भएको छ। Food, Education & Fun लाई एकै ठाउँमा समेटिएको मेलामा शैक्षिक, खेलकुद तथा मनोरञ्जनात्मक स्टलहरू राखिएका थिए। मेलाको सभापतित्व हरिप्रसाद लामिछानेले गर्नुभएको थियो भने वाटर फ्रन्ट रिसोर्टका रेसिडेन्ट म्यानेजर अमृत बी. के. प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। स्वागत मन्तव्य विद्यार्थी रितिक गुरुङले राखेका थिए भने कार्यक्रममाथि सञ्जीव थापाले प्रकाश पार्नुभएको थियो।

कार्यक्रम सञ्चालन नारायण वाग्लेले गर्नुभएको थियो। मेलामा सांगीतिक प्रस्तुति अन्तर्गत Glitch Groove ब्यान्डका तर्फबाट ड्रममा सिसन क्षेत्री, गिटारमा आसिम आले र ओस्कार गुरुङ, बासमा रितेन गुरुङ, तथा विशाल पाण्डे लगायतको  लाइभ प्रस्तुति रहेको थियो। यसका साथै Diamond Band र Diamond Girls Bandको प्रस्तुति पनि दर्शकको विशेष आकर्षण बनेको शिक्षक राजन परियारले जानकारी दिनुभयो।

मेलामा कक्षा ११ र १२ का होटल म्यानेजमेन्ट संकायका विद्यार्थीहरूले मम:, चाउमिन, जुजु धौ, नेवारी खाजा, पेस्ट्रीलगायतका परिकारसहितका खाद्य स्टल सञ्चालन गरेका थिए भने विद्यार्थीहरूद्वारा सञ्चालित खेल तथा हस्तकला तथा मनोरञ्जनात्मक स्टलहरूले मेलालाई थप जीवन्त बनाएको थियो। कार्यक्रम संयोजक अर्जुन अधिकारीका अनुसार मेलाबाट करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

विद्यालयले तेस्रो दिन ३८औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह आयोजना गर्ने जनाएको छ। विद्यालय प्रशासनले सबै अभिभावक, शुभेच्छुक तथा समुदायका सदस्यहरूलाई कार्यक्रममा उपस्थित भई विद्यार्थीहरूको उत्साहवर्धन गर्न हार्दिक निमन्त्रणा गरेको छ।

Previous Post

नव उद्यमी व्यवसायीहरुका लागि लेउवा संघको प्रशिक्षण

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

नव उद्यमी व्यवसायीहरुका लागि लेउवा संघको प्रशिक्षण
अर्थ खबर

नव उद्यमी व्यवसायीहरुका लागि लेउवा संघको प्रशिक्षण

कृषकहरुका लागि कृषि सामग्री एवं बिउविजन वितरण
कृषी

कृषकहरुका लागि कृषि सामग्री एवं बिउविजन वितरण

नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवलको आयोजक टीम फाइनलमा
खेलकुद

नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवलको आयोजक टीम फाइनलमा

डायमण्डमा त्रिदिवसीय बार्षिकोत्सव
शिक्षा

डायमण्डमा त्रिदिवसीय बार्षिकोत्सव

पुन समाज नेपालले रास्वपालाई सघाउने
राजनीति

पुन समाज नेपालले रास्वपालाई सघाउने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?