• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा र लेखनाथ छुट्छुटै हुदाँ झनबढि बिकास हुन्छ

Lekhnath Khabar by Lekhnath Khabar
December 10, 2022
in समाचार, स्थानीय
0
0
SHARES
498
VIEWS
Share on FacebookShare on Twitter

पोखरा र लेखनाथ छुट्छुटै हुदाँ झनबढि बिकास हुन्

लेखनाथ,२४ मंसिर ।

लेखनाथ जेसीजको सनिवार सम्पन्न २५ औं बार्षिक साधारण सभा तथा २४ औं शाखा अधिबेशनको उद्घाटन समारोहका वक्ताहरुले पोखरा र लेखनाथ छुटाछुटै पालिका हुदाँ बढि विकास हुने बताएका छन् ।

पछिल्लो क्रममा जनस्तरबाट लेखनाथ नगरपालीका कायम गरिनुपर्ने आवाज उठीरहेका बेला कार्यक्रमका वक्ताहरुले लेखनाथ क्षेत्रको भुगोल, विशेषता र जनसंख्यालाई मध्यनजर गरी लेखनाथ नगरपालीका कायम गर्न सके विकासले पनि गति लिन सक्ने दावी गरेका हुन ।

कार्यक्रममा नेकपा एमाले संगठन विभागका प्रमुख एवं नवनिर्वाचित गण्डकी प्रदेश सभा सदस्य खगराज अधिकारीले लेखनाथ नगरपालिका कायम राखिराख्न अन्तिम समयसम्म पनि आफुले अडान लिएको र लिखित रुपमा सुझावसमेत दिएको वताउँदै स्थानीय तहको नेतृत्वले दवाव थेग्न नसकेको वताए ।

समग्र कास्की जिल्लाकै विकासको लागि यहाँ भएका पाँचबटा पालिकाबाट आठवटासम्म पालिका बनाउन सकिने सम्भावना औल्याउदै पोखराबाट लेखनाथ छुट्उनका लागि दुई तिहाई नगर परिषदले पास गर्नु पर्ने र प्रदेश हुदै केन्दबाट स्वकृती हुनु पर्ने नेता अधिकारीको सुझाव रहेको थियो ।

जेसिज सिक्ने र सिकाउने थलो भएकोले समाज सुधारका लागि युवाहरुले नेतृत्व लिनु पर्ने धारणा राख्दै नेता अधिकारीले यस क्षेत्रको विकासका लागि यहाँ रहेका सामाजिक संघ सस्थाहरुसँग सहकार्य गर्दै विकासका लागि सकरात्कम हस्तक्षेफ गर्न पनि पछि नपर्ने विश्वास ब्यक्त गरेका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले युवाहरु रोजगारका लागि विदेश होईन स्वदेशमा नै रोजगार सृजना हुने खालका योजना लिएर अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए ।

लेखनाथ जेसिजका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ,पोखरा जेसिजका अध्यक्ष मिनराज खड्का,लेखनाथ जेसिजका पुर्व अध्यक्ष सुरेन्द्रराज अधिकारी लगाएतले जेसिजले समाज परिवर्तनका लागि नेतृत्वदाई भुमिका निभाउन सक्नु पर्नेमा जोड दिएका थिए ।

लेखनाथ जेसिजका महासचिव कृष्ण तिवारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य निर्वतमान अध्यक्ष नवराज पौडेलले गरेका थिए । यसै बिच सोही भेलावाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिने छ ।

Previous Post

१३औं नेसनल प्याब्सन खेलकुद महोत्सव सम्पन्न

Next Post

पोखराबेसि बहुउद्देश्यीय सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
पोखराबेसि बहुउद्देश्यीय सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न

पोखराबेसि बहुउद्देश्यीय सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?