• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

पोखराबेसि बहुउद्देश्यीय सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
December 10, 2022
in अर्थ खबर
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

पोखराबेसि बहुउद्देश्यीय सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्
गणेश पहारी, मंसिर २४, पोखरा । पोखरा महानगगर पालिका वडा नं २ बाग्लुङ बसपार्क स्थित पोखराबेसि बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको सभाले आर्थिक वर्ष ०७८÷०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगर पालिका वडा न १८ का वडा अध्यक्ष शिब प्रसाद तिमिल्सनिाले सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गरे । उनले “सहकारीको महत्व जति दुरदराज गाउँका मानिसहरुमा छ, शहर बजारका मानिसमा महत्व कम भएको भन्दै संचालकहरुले सहकारीको उद्देश्यर सिद्धान्तमा रहेर अगाडी बढ्नु पर्ने” बताएका छन । आगामी दिनमा समेत सहकारीले स्थानियहरु सगँ हातेमालो गर्दै, निम्न आय स्रोत रहेका शेयर सदस्यहरुको उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने धारणा राखे ।
पोखरा महानगर पालिकाका सहकारी सल्लाहकार विज्ञ दिपक प्रसाद आर्चायले कोभिड–१९ को असरबाट प्रभावित शेयर सदस्यह्रलाई उपलब्ध गराएको राहत होस वा संस्थाका सदस्यहरुलाई संस्था आफैले वितरण गरेको राहत सहयोग होस् सबै उल्लेखनिय रहेको र सामाजिक क्षेत्रमा समेत संस्थाका सञ्चालकले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गरे । नेपाल सरकारले लागु गरेको सहकारी नियमानुसार १६ प्रतिशत भन्दा बढि व्याज नलिन आग्रह गरे ।
पोखरा महानगर पालिका वडा न ६ का निर्वतमान वडा अध्यक्ष तथा पहारी कुल संरक्षण समितिका सचिब जगत बहादुर पहारीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने कुरामा जोड दिए ।
सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष नारायन पहारीले आर्थिक वर्ष ०७८÷०७९ को प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको माध्यमबाट गाउँको र शहरको सम्वन्ध जोड्ने र गाउँको उत्पादनलाई शहरमा ल्याइ शहरको पुजिलाईलाइ गाउँमा लैजानुका साथै शहरमा बस्ने ब्यक्तिहरुलाई सुलभ स्वास्थ बस्तु उपभोग गर्ने बाताबरण सृृजना गरि सदस्यहरुको सुखी सम्वृद्दि बनाउने आफ्नो परिकल्पना रहेको सुनाए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७८÷ ०७९ मा ३ करोड ६९ लाख ३ हजार शेयर पूँजी तथा ६ करोड ५८ लाख ९४ हजार ३ सय ५ रुपैया १७ पैसा बचत निक्षेप गरेको जानकारी दिए । त्यसैगरी ८ करोड ९९ लाख ३४ हजार १ सय २६ रुपैंया ३४ पैसा कर्जा लगानी रहेको सहकारीमा जम्मा १ हजार १ सय ४ जना शेयर सदस्य रहेको जानकारी गराए ।
संस्थाका सदस्य ममता पराजुलीले सहकारीका सात सिद्धान्त वाचन गरी सुभारभ्भ गरिएको कार्यक्रममा संचालक सदस्य दिपेन्द्र राई स्वागत मन्तब्य र लेखा सुपरिवेक्षण समितिका संयोजक प्रेमराज पहारी, कोषाध्यक्ष उत्तम सेवक कार्की र सचिव कृष्ण तिमिल्सिनाले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाको अवसरमा असल ऋणी, असल बचत कर्ता र संस्थामा निरन्तर सेवा अवधी गरेकी उतृष्ट कर्मचारी लाई सम्मान गरेको थियो । कार्यक्रममा शेयर सदस्यह्ररुलाई सेलवेज डिपाटमेन्टल स्टोरमा समान खरिद गरेबापत १५ प्रतिशत र डाक्टर्स डेन्टल किल्लीनिकको सेवा लिएमा ४० प्रतिशत सम्म छ्टको ब्यवस्था रहेको जानकारी दिए ।

Previous Post

पोखरा र लेखनाथ छुट्छुटै हुदाँ झनबढि बिकास हुन्छ

Next Post

प्याब्सन स्पोर्टस मिट अन्तर्गत फुटबल जारी प्लस–टु तर्फ भलिबल र बास्केटबल सुरु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ
अर्थ खबर

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने
अर्थ खबर

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

Next Post
प्याब्सन स्पोर्टस मिट अन्तर्गत फुटबल जारी प्लस–टु तर्फ भलिबल र बास्केटबल सुरु

प्याब्सन स्पोर्टस मिट अन्तर्गत फुटबल जारी प्लस–टु तर्फ भलिबल र बास्केटबल सुरु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?