असोज १४, पोखरा ।।
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल एकाई समितिको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार पोखरा २७ लेखनाथ स्थित कलेजमा बिजया दशमी तथा शुभ–दिपावली २०७९, नेपाल सम्वंत ११४२ तथा छट पर्व को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी मेडिकल कलेजका प्राचार्य प्रो.डा. रबिन्द्र प्रसाद श्रेष्ठले चाडपर्वलाई सांस्कृतिक रुपमा मनाउनु पर्ने र संस्थालाई उत्कृष्ट बनाउन सम्पूर्ण स्वास्थ्यकर्मी एवम कर्मचारीमा सहयोगको भावना हुनुपर्ने समेत बताए ।
कार्यक्रममा स्वागत मन्तब्य समिति सदस्य हरी बहादुर बस्नेतले राखेका थिए भने समिति अध्यक्ष एबम कार्यक्रमका सभापति दिपक कार्कीले कर्मचारीहरु बिच भावनात्मक एकता एवम् आपसी सदभाव कायम गर्न कार्यक्रमको आयोजना गरीएको बताए ।
समितिका सदस्य किसान परियार द्धारा संचालित कार्यक्रममा गण्डकी मेडिकल कलेजमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post