• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

नेपाली लेखक संघमा ‘तेल भिसा’ कृतिमाथि परिचर्चा

Lekhnath Khabar by Lekhnath Khabar
August 29, 2022
in Uncategorized
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १२ भाद्र । नेपाली लेखक संघ, कास्कीले कवि सुरेन्द्र अस्तफलको कवितासङ्ग्रह तेल भिसा माथि परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित एक समारोहमा उक्त समालोचक डा.भूमिराज बस्ताकोटीले सो कृतिमाथिको परिचर्चा प्रस्तुत गरेका हुन् ।
उक्त कार्यक्रममा कृतिको परिचर्चा गर्दै परिचर्चाकार डा. भूमिराज बस्ताकोटीले तेल भिसा समसामयिक जीवनको उत्कृष्ट प्रतिबिम्ब उतार्न सफल कविता कृति रहेको बताए । उनले कविको विषय प्रस्तुतिको शैलीलाई मुक्तकण्ठले प्रशंसा गरे । सरल भाषा र शैलीमा गहन भाव पस्कन सक्नु सुरेन्द्रको वैशिष्ट्य रहेको उनको ठम्याइ थियो । सङ्ग्रह पठनीय हुँदाहुँदै पनि यसमा केही विचारगत, अर्थगत, वर्णविन्यासगत त्रुटिहरू रहेको र त्यसले कृतिलाई उत्कृष्ट बन्नबाट रोकेको उल्लेख गरे ।
उक्त परिचर्चा कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष एवम् कवि तीर्थ श्रेष्ठले राज्यले स्रष्टा–लेखकहरूलाई सम्मान गर्न नसकेकोमा दुःख प्रकट गरे । व्यक्तिगत क्षमताकै आधारमा केही सर्जकहरू लेखेर बाँच्ने अवस्था भए पनि अधिकांश उत्कृष्ट कृति सिर्जना गर्ने सर्जक एवम् लेखक पनि लेखनकै आधारमा सम्मानित जीवन बाँच्न सक्ने अवस्था नभएको बताए । समग्र लेखकहरूको हकहितका लागि लेखक दिवस मनाउने प्रस्ताव नेपाली लेखक संघले राखेको र प्रतिलिपि अधिकार प्राप्तिका लागि लेखक संघको लडाईँ निष्कर्षमा पु¥याएर छाडिने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि सारा लेखकहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए । सुरेन्द्र जस्तै निरन्तर साधना गर्ने सर्जकको जीवनको सुरक्षाका लागि र लेखकीय स्वतन्त्रताका लागि देशभरका लेखकहरू एक हुन र लेखक संघको अभियानलाई साथ दिन पनि उनले आग्रह गरे ।
सो क्रममा सुरेन्द्रको लेखनशैली र क्रियाशीलता अनुसरणीय रहेको कुरा उल्लेख गर्दै डा. ईश्वरमणि अधिकारीले उनको उज्ज्वल साहित्यिक भविष्यको शुभकामना व्यक्त गरे । कार्यक्रममा कवि अस्तफलले आफ्ना दस कवितासमेत वाचन गरेका थिए । कविता प्रस्तुतिसँगै मन्तव्य व्यक्त गर्दै अस्तफलले कृतिमा रहेका त्रुटिलाई आगामी लेखनमा सच्याउँदै लैजाने प्रतिबद्धता जनाए । आगामी समयमा आख्यान लेखनतर्फ लाग्ने सङ्केत गर्दै उनले साहित्य साधनाले आफूलाई सकारात्मक ऊर्जा प्राप्त भएको सुनाए ।
चितवनमा रही नेपाली कविता लेखनका क्षेत्रमा विगत तीन दशकदेखि क्रियाशील सुरेन्द्र निरन्तर कविता साधनामा तल्लीन छन् । उनी नेपाली लेखक संघका केन्द्रीय सदस्यसमेत रहेका उनी संघको चितवन शाखाका वर्तमान अध्यक्ष हुन् ।
नेपाली लेखक संघ, कास्की शाखाका अध्यक्ष सञ्जीव पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन सचिव कमल पौडेल अथकले गरेका थिए भने उपाध्यक्ष रीता अधिकारी रितु ले स्वागत मन्तव्य राखेकी थिइन् ।

 

Previous Post

तीज महिलाहरुलाई एकताबद्ध बनाएर अगाडी बढ्न हौसला दिने पर्व होःउपसभामुख शर्मा

Next Post

नेपालीपन हराउदै गएमा राष्ट्रियतामा समेत खतरा हुन्छः मन्त्री बराल

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
सराङकोटमा प्रथम तिज मेला सुरु

नेपालीपन हराउदै गएमा राष्ट्रियतामा समेत खतरा हुन्छः मन्त्री बराल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?