• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाज

तायमचा नृत्य प्रतियोगिता सम्पन्न, भीमसेन टोल सुधार समिती प्रथम

Lekhnath Khabar by Lekhnath Khabar
August 21, 2022
in समाज
0
तायमचा नृत्य प्रतियोगिता सम्पन्न, भीमसेन टोल सुधार समिती प्रथम

तायमचा नृत्य प्रतियोगिता सम्पन्न, भीमसेन टोल सुधार समिती प्रथम

0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ५ भदौ ।

पोखरामा शनिबार तायाः मचा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नेवा खल कास्कीको तत्वाधान तथा मोहोरिया–सिंहनाथ तायमचा समितकिो आयोजनामा सम्पन्न प्रतियोगितामा २३ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा भीमसेन टोल सुधार समिती प्रथम भएको छ । तेर्सापट्टी तायमचा नाच समिती दोस्रो, महेन्द्रपुल तायमचा समिती तेश्रो, तथा नयाँ बजार साँस्कृतिक समितीले सान्तन्वा स्थान हासिल गरेको छ ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद रु. ३५ हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना हुने समूहले ५ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा लामाचौर नेवाः खलको नृत्यले सर्वोत्कृष्ट महिला नृत्य समुहको उपाधी जितेको छ । रामकृष्णटोल तायमचा समितको बाद्यबाधन प्रस्तुति सर्वोत्कृष्ट बाद्यबाधन घोषित भएको छ । नेवा खल कचा पृथ्वीचोकले सर्वोत्कृष्ट जोकर को पुरस्कार जितेको छ ।

विजेता तथा उपविजेता टोलीलाई पोखरा महानगरपालिका का प्रमुख धनराज आचार्य, नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, आयोजक मोहोरिया–सिंहनाथ तायमचा समितीका अध्यक्ष शिबप्रसादले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको प्रचार संयोजक अरुण श्रेष्ठले जानकारी दिनुभयो ।

यस अघि कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो । उहाँले मौलिकता बोकेका यस्ता संस्कृतिको जगेर्ना गर्नु स्थानिय सरकारको पनि दायित्व रहेकाले यो दायित्व पुरा गर्न आफु पछि नहट्ने बताउनुभयो । आयोजक मोहोरिया सिंहनाथ तायमचा समितीका अध्यक्ष शिबप्रसाद श्रेष्ठले तायाः मचा नृत्यको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै नाचको संरक्षण् गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनभयो । ।

नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले तायाः मचा नाच सबैको भएको भन्दै यो पोखराको ब्राण्ड रुपमा स्थापित भएको बताउनुभयो । उहाँले यसको व्यपाकताका लागि सबै समुदाय र संचार क्षेत्रबाट खेलिएको भूमिका बिगतदेखिनै महत्वपूर्ण रहेकोले यसपालि थप व्यापकता पाउनेमा विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा तमु घिं नेपालका अध्यक्ष हुमबहादुर तमु, पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान लगायतले बोल्नुभएको थियो । मोहोरिया सिंहनाथ तायमचा समितीका अध्यक्ष शिबप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुरेन्द्रमान विजुक्छे गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन निरञ्जन श्रेष्ठले गर्नुभएको थियो ।

Previous Post

२४ औं पोखरा सडक महोत्सवको संयोजकमा बसन्त गौतम, मिनि सडक महोत्सव संयोजकमा विकास

Next Post

लेखनाथमा तायाःमचा नृत्य प्रतियोगिता हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न
शिक्षा

कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न

मधेस कास्की समाजको नवदुर्गा पूजा समारोह, मधेसी समुदायलाई सम्मान
समाचार

मधेस कास्की समाजको नवदुर्गा पूजा समारोह, मधेसी समुदायलाई सम्मान

डाँडाकोनाक प्रहरी चौकीमा गुणराज, चाडपर्वमा बिशेष सुरक्षाको प्रतिवद्धता
समाचार

डाँडाकोनाक प्रहरी चौकीमा गुणराज, चाडपर्वमा बिशेष सुरक्षाको प्रतिवद्धता

लेखनाथ खानेपानीका अध्यक्ष शर्मालाई मातृशोक
समाचार

लेखनाथ खानेपानीका अध्यक्ष शर्मालाई मातृशोक

पोखरा २६ को पैते फेदीमा सामुदायिक भवन
समाज

पोखरा २६ को पैते फेदीमा सामुदायिक भवन

Next Post
लेखनाथमा तायाःमचा नृत्य प्रतियोगिता हुने

लेखनाथमा तायाःमचा नृत्य प्रतियोगिता हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?