लेखनाथ,५ भदौ ।
नेवारी समुदायको भाषा र संस्कृतीको रक्षा गर्ने उद्धेश्यले हरेक वर्ष नेवा खलः लेखनाथले गर्दै आएको तायाःमचा नृत्य प्रतियोगिताको पाचौं सस्करण यहि भदौ १० गते गरिने भएको छ ।
लेखनाथमा रहेका विभिन्न आठ वटा नेवारी समुदायहरुले पालै पालो तायाःमचा नृत्य प्रतियोगिता गर्दै आएकोमा यस पटक पोखरा २६ र २७ को अर्घौं पौवा नेवाःखलले पाचौं संस्करणको प्रतियोगिता भदौं १० गते शुक्रवार गर्न लागेको आईतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिर्ईएको हो ।
पोखरा–२६ को अर्घौंचोकमा हुने प्रतियोगितालाई ब्यवस्थीत वनाउन विभिन्न उप समिति गठन गरि तयारीलाई अगाडी वढाईएको छ भने प्रतियोगितामा करिव आठ समुहको सहभागीता रहने विश्वास आयोजकहरुले गरेका छन् ।
तायाःमचा नृत्यलाई प्रतियोगिताको रुपमा मनाउने भए पनि उत्त अवसरमा महिला पुरुषको लाखे नाच, कुमारी नाच, देवि नाच र साथमा रोपाई नृत्य पनि अप्रतियोगीको रुपमा समावेश गरिने अघौं नेवाःखलका अध्यक्ष प्रकाशलाल श्रेष्ठले जानकारी गराएका थिए ।
परम्परा देखि चल्दै आएकोे नेवारी भाषा, कला,संस्कृती, साहित्य र भेषभुषाको संरक्षण गर्दै युवा पुस्तालाई आफनो संस्कृतीका बारेमा जानकारी दिने उद्धेश्यले आयोजित प्रतियोगितमा प्रथम हुने समुहलाई ३० हजार, द्धितियलाई २५ हजार, तृतियलाई २० हजार र साथमा उत्कृष्ट जोकर र परिलाई दुई/दुई हजार पुरस्कारको ब्यवस्था गरिएको छ ।
प्रतियोगिता संचालनका लागि करिव ८ लाख खर्च लाग्ने र यसको आर्थीक ब्यवस्थापन विभिन्न संघ संस्था र उद्योग ब्यवसायिहरुबाट सहयोगको अपेक्ष्या गरिएको समाजका सचिव बालगोपाल श्रेष्ठले जानकारी गराएका थिए ।
कार्यक्रममा नेवाःखल लेखनाथका अध्यक्ष प्रेम लिगल, लेखनाथ मिसा पुचका अध्यक्ष मेनुका श्रेष्ठ लगायतले सवैको साथ र सहयोगले विगतका प्रतियोगिता सफल भए जस्तै यस पटकको ताया मचा नृृत्य प्रतियोगिता अझ बढि परिस्कृत रुपमा थप मनोरञ्जनका साथ संचालन हुने विश्वास ब्यत्त गरेका थिए ।
Discussion about this post