• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं ः राजीव गुरुङ

Lekhnath Khabar by Lekhnath Khabar
August 10, 2022
in खेलकुद
0
सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं ः राजीव गुरुङ

सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं ः राजीव गुरुङ

0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

राजाराम पौडेल

पोखरा २४ साउन

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई सबै मिलेर सफल पार्नुपर्ने बताएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा मंगलबार आयोजना गरेको अभिमुखिकरण तालिम कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रदेशले बजेटको सुनिश्चितता नगरेकोमा चिन्ता व्यक्त गरे । ‘सबैजना मिलेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता सफल पारौं, गण्डकी प्रदेशले बजेटको सुनिश्चितता गरिसकेको छैन यसको लागि भोली नै अर्थमन्त्रीलाई भेट्छु’ मन्त्री गुरुङले भने । एक दुई दिनमा बजेटको सुनिश्चितता हुने उनको विश्वास थियो ।

नवौं राष्ट्रि खेलकुद प्रतियोगितालाई लक्षित गर्दै प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको एकदिने अभिमुखिकरण तालिममा गण्डकी प्रदेशका जिल्ला तथा प्रदेश स्तरिय खेल संघ तथा क्रियाशिल क्लबका पदाधिकारी गरेर झण्डै १ सय जनाको सहभागीता रहेको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङले बताए ।

खेलसंघ तथा क्लबलाई संस्थागत रुपमा अगाडि बढाउन सहजता प्रदान गर्ने हेतुले कार्यक्रम गरिएको उनले खुलाए । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतालाई लक्षित गरेरै कार्यक्रम गरेका हौं, अभिमुखिकरण तालिम पश्चात खेल संघ तथा क्लबहरुलाई संस्थागत रुपमा कार्यसम्पादनलाई प्रभावकारी बनाउन सघाउनेछ’ सदस्यसचिव गुरुङले भने । तालिममा सहभागीलाई सहजिकरण गर्दे उनले प्रदेश खेलकुद परिषदको योजनाको बारेमा प्रष्ट पारेका थिए ।

खेलकुदको विकास सम्बन्धमा गण्डकी प्रदेश सरकारको नीतिगत व्यवस्था, तयारी अवधारणाको बारेमा नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीले सबैलाई जानकारी गराए । उनले अभिमुखिकरण कार्यक्रमको उद्घाटन समेत गरेका थिए ।

नेतृत्व अभिमुखीकरण सम्बन्धमा नेपाल ओलम्पिक कमिटिको साइकोलोजी विभाग प्रमुख इन्द्रबहादुर गुरुङ र ओलम्पिक मुभमेन्टको बारेमा नेपाल ओलम्पिक एकेडेमीका निर्देशक रविराज कर्निकारले प्रकाश पारे ।

यसैगरी खेल संघ तथा क्लबले राख्ने लेखा प्रणाली र लेखा व्यवस्थापनको बारेमा प्रदेश खेलकुद परिषदका लेखापाल निलकण्ठ ढकालले जानकारी गराएका थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमले ३६ खेलका ४०७ इभेन्टमा पदकको लागि प्रतिष्पर्धा गर्नेछन् । दोस्रो खेलकुद भएको ३९ वर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेकोले यसलाई गण्डकी प्रदेशका खेलसंघ तथा क्लबले चासोको रुपमा हेरेका छन् ।

Previous Post

चर्चित गायक विपुल क्षेत्रीले आज पोखरा तताउने पोखरा ।

Next Post

बिमा रत्नबाट विक्रम उदास सम्मानित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

डायमण्ड रनिङ सिल्ड २०८२ शुरु
खेलकुद

डायमण्ड रनिङ सिल्ड २०८२ शुरु

शुक्रबार बेगनासतालमा ‘एक्सटेरा नेपाल २०२५’ हुने
खेलकुद

मंसिर १३ गते शनिबार बेगनासतालमा ‘एक्सटेरा नेपाल २०२५’ हुने

लेउवा संघका ब्यवसायीहरु विच मैत्रिपुर्ण भलिवल प्रतियोगिता
खेलकुद

लेउवा संघका ब्यवसायीहरु विच मैत्रिपुर्ण भलिवल प्रतियोगिता

बेगनास कपको उपाधि मिक्कि एफ सि लाई
खेलकुद

बेगनास कपको उपाधि मिक्कि एफ सि लाई

Next Post
बिमा रत्नबाट विक्रम उदास सम्मानित

बिमा रत्नबाट विक्रम उदास सम्मानित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?