लेखनाथ, २४ चैत । पोखरा महानगरपालिका वडा नं. २६ मा रहेको राखी स्वास्थ्य चौकीले पनि, नेपालमा पहिलो पटक सरकारले बालबालिकाहरूलाई टाइफाइड विरुद्धको खोप दिने अभियानको शुरुवाद गर्नको लागि सरोकावालाहरु सगँ अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
वडा नं. २६ का वडा अध्यक्ष नारायण प्रसाद बरालले उक्त कार्यक्रममा खोप अभियानको सफलताको कामना सगै आगामी चैत्र २५ देखि बैशाख १८ गतेसम्म देशैभरका ७५ लाख बालबालिकालाइ टाइफाइडविरुद्धको खोप दिने जानकारी दिनुभएको थियो । राष्ट्रव्यापी अभियानको अवधिमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाईने राखी स्वास्थ्य चौकीकी मधु पौडेलले बताउनु भएको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाल सहित सवै टाइफाइड प्रभावित देशहरुमा प्रयोगको लागि सिफारिस गरेको यो खोप सुरुवात गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Discussion about this post