लेखनाथ, चैत २० ।
नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको अध्यक्षमा विष्णु पुन चयन भएका छन । ‘खेलकुद नागरिकको मौलिक अधिकार, सम्मृद्धिका लागी जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ शनिबारबाट शुरु भएको प्रथम अधिवेशन अन्र्तगत आईतबार सम्पन्न निर्वाचन कार्यक्रमले पुनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा दिपेन्द्र पौडेल (स्याङजा), महिला उपाध्यक्षमा साधना पन्त (बागलुङ्ग), सचिवमा शिव अधिकारी (कास्की), उप–सचिवमा बोधराज गिरी (कास्की) र सुजन आर्चाय (तनहुँ), कोषाध्यक्षमा पदम बानीया (कास्की), सदस्यहरुमा नरेन्द्र ढुंगाना, नगेन्द्र शर्मा भण्डारी, रञ्जन गुरुङ्ग, धन पुर्जा, कुमार बहादुर क्षेत्री, सत्यराज सापकोटा, ईश्वर अधिकारी, सन्दिप कोईराला र जिवन तिवारी लगायत ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनको शनिबार पुर्व भुमिसुधार मन्त्री एवं नेकपा एमाले केन्द्रीय कमिटिकी सचिव पद्मा अर्यालले उद्घाटन गरेकी थिईन । प्रदेश अधिवेशन सम्पन्न भएलगत्तै चैत्र २५ गतेदेखी वैशाख ५ गतेभित्र ११ जिल्लाका अधिवेशन समेत गर्ने तयारी रहेको छ ।
Discussion about this post