रामशरण नेपाली
लेखनाथ, चैत २० । गण्डकी मिजार समाजको अध्यक्षमा पुनः गोपाल नेपाली चयन भएका छन । शनिबार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले नेपालीलाई अध्यक्षमा चयन गरेको हो ।
समाजको बरिष्ठ उपाध्यक्षमा एक बहादुर नेपाली, उपाध्यक्षमा मा बहादुर चर्मकार, सचिवमा सुजन नेपाली, सह–सचिवमा मिन बहादुर नेपाली, कोषाध्यक्षमा सन्तोषी नेपाली, सह–कोषाध्यक्षमा मंगल नेपाली, सदस्यहरुमा महेन्द्र हरिजन, सिता कुमारी नेपाली, रन बहादुर नेपाली, हरी नेपाली र मञ्जु बसेल चयन भएका छन ।
यस्तै शनिबार नै बरिष्ठ सल्लाहकारहरुमा तेज बहादुर बसेल र बुद्धराज बसेल लाई चयन गरिएको छ भने सल्लाकार परिषदमा कुल बहादुर नेपाली, प्रेम दवाडी, विष्णुमाया नेपाली, रुम बहादुर नेपाली र सिता नेपालीलाई चयन गरिएको छ ।
यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद दिपक कोईरालाले दलित समुदायका हक अधिकारहरुको विषयमा संविधानमा उल्लेख गरिएको भए पनि समाजमा विभेद र उत्पीडन अझै कायमै रहेको वताउँदै यसको लागी दलित समुदाय अझै संगठित हुन जरुरी रहेको वताए ।
कोईरालाले दलित समुदायलाई नागरिकको रुपमा हेर्ने समाज र राज्यको संरचना नभएका कारण त्यसको सुनिश्चितताको लागी स्थानीय तहमा महिला र दलितको सहभागिताको सुनिश्चितता गरिएको वताए ।
यस्तै पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नारायण प्रसाद बरालले समाजले गर्दै आईरहेका गतिविधिहरुको प्रशंसा गर्दै समाजको आफ्नै कार्यालयको लागी जग्गा उपलब्ध गराउने कार्यमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा अन्नपुर्ण मिजार समाज पोखरा–१२ का उपाध्यक्ष शंकर नेपाली, लायन्स क्लव अफ पोखरा चौतारीका अध्यक्ष रामचन्द्र सेंढाई, संस्थाका संस्थापक अध्यक्ष पुर्ण बहादुर नेपाली लगायतले बोलेका थिए ।
समाजका अध्यक्ष गोपाल नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ सल्लाहकार तेज बहादुर नेपालीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव वुद्धराज नेपालीले गरेका थिए ।
Discussion about this post