लेखनाथ, चैत २० ।
सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड्ले ६५ औं सहकारी दिवसको अवसर एक दिने निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
सहकारीको हाल सञ्चालनमा रहेका ५ सेवा केन्द्र मध्य ग्रामिण भेकमा रहेको पुँडीटार सेवा केन्द्रको आसपासमा वसोवास गर्ने महिलाहरुलाई लक्षित गरि सञ्चालन गरिएको उक्त शिविरमा ८० जना भन्दा वढि महिलाहरुले स्वास्थ्य परिक्षण गराएका छन ।
शिविरमा शुभारम्भ गर्दै वडा नं.–३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यले यस सहकारी संस्थाले सदस्य समर्पित कार्यक्रम गर्दै आएको र यस्ता खालका कार्यक्रमले सदस्यहरुको मनोबल उच्च पार्ने र संस्था प्रति अझ बढि समर्पित हुने हुँदा यस्ता खालका कार्यक्रमहरुको निरञ्तरता गर्दै जानेछ भन्ने शुभकामना सहित वडा कार्यालय पनी सहकार्य गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा समाज सेवी रामचन्द्र अधिकारीले उक्त क्षेत्रलाई लक्षित गरि कार्यक्रम गरेकोमा आयोजक सहकारी संस्थालाई धन्यबाद दिँदै यस्ता कार्यक्रमहरुको निरञ्तरताको अपेक्षा सहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
सिविर सञ्चालन उप–समितिका संयोजक सुन्दरमणि दाहालको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा सह–सचिव सतिश लामिछानेले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव यज्ञ प्रासाद आचार्यले गरेका थिए ।
Discussion about this post