लेखनाथ, चैत २०
कास्कीको रुपाताल संरक्षण गर्दै आय आर्जनका लागि माछा पालन गर्दै आएको रुपाताल पुर्नस्थापना तथा मत्स्य पालन सहकारी सस्थाको आठौं अधिवेशनले आगामी कार्यकालका लागि शिवराज अधिकारीलाई अध्यक्षमा चयन गरेको छ।
कोरोना महामारीका कारण पुसमा साधारण सभा मात्र गरेको संस्थाको शनिवार सम्पन्न निर्वाचनबाट अधिकारीले चार सय ५७ मत प्राप्त गरी विजयी भएका हुन् । कुल नौं सय ७९ शेयर सदस्यहरु मध्ये सात सय ५६ मत खसेकोमा बर्तमान सचिव समेत रहेका अधिकारीले एक सय ८९ मतान्तरले बिजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी पुर्व अध्यक्ष समेत रहेका रामचन्द्र सापकोटाले दुई सय ६८ मत प्राप्त गरेका थिए ।
निर्वाचनका लागि सवै पदमा सर्वसम्वत गर्ने प्रयास गरिएको भए पनि अन्तीम अवस्थामा भएको निर्वाचनबाट महिला उपाध्यक्षमा शुसिला थापा चार सय १७ मतका साथ विजयी भएकी छन् भने महिला उपाध्यक्षकी उमेदवार सिता अधिकारीको दुई सय ८७ मत प्राप्त गरेकी थिईन ।
यसैगरि आरक्षण उपाध्यक्षमा पुर्ण बहादुर गुरुङले तिन ३६ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी यम बहादुर गुरुङले तिन सय ३०, सचिवमा विरेन्द्र ढकालले तिन सय ५४ मत प्राप्त गरी विजयी भए भने सचिवका उमेदवार कृष्ण प्रसाद ढुगानाले तिन सय ४५ मत प्राप्त गरेका थिए ।
यस्तै सस्थाको कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा भद्र बहादुर सुयेल थापा तिन सय ७८ मतका साथ विजयी भए भने कोषाध्यक्षका उमेदवार कृष्ण बहादुर थापाले तिन सय ३३ मत मात्र प्राप्त गरेका थिए ।
यता आरक्षण महिला सदस्यका तर्फ भएको निर्वाचनमा चिजामाया गुरुङ विजयी भएकी छन् भने आरक्षण पुरुषमा राम लामिछाने र लेखा समिति संयोजकमा रामचन्द्र ढुगाना र सदस्यमा राम बहादुर थापा यस भन्दा अगाडी नै निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरि खुल्ला आठ सदस्यका लागी १८ जनाको उमेदवारी परेकोमा गंगामाया गुरुङ, भेज बहादुर थापा (भिमसेन)ढक बहादुर थापा, शिवराज अधिकारी, लक्ष्मी अधिकारी तिवारी, जित बहादुर गुरुङ, सोमलाल सुवेदी र सुर्यनाथ अधिकारी विजयी भएका हुन् ।
Discussion about this post