पोखरा – पोखरा २९ भण्डारढिकस्थित राधेराधे डाँडामा अवस्थित ‘सेभेन लेक्स रिसोर्ट’ले आफ्नो तेश्रो वर्ष भव्यताका साथ सम्पन्न गरेको छ ।
पोखरेली व्यबसायी बिनोद गुरुङले ३ वर्ष अघि देखि संचालन गर्दै आएको रिसोर्टले सांगीतिक कार्यक्रम गर्दै शनिबार आफ्नो तेस्रो वर्ष मनाएको हो।
विदेशका अनेकौं मुलुकको भ्रमणले आफ्नै ठाउँमा रिसोर्टको कल्पना त्यसबेला गरेको रिसोर्टका फाउन्डर तथा चियर मेन बिनोद गुरुङले सुनाए ।
‘६ वर्ष अघि मर्निङ वाकमा आउँदा यहाँबाट देखिएको दृश्यले म लोभिएको थिएँ’, उनले भने, ‘पर्यटन क्षेत्रमा रुचि राखेर झाडी पाखोमा रिसोर्टको कल्पना गरेको थिएँ।’
करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा फेमिली डिलक्स, डबल डिलक्स, सुपर डिलक्स गरी १९ सुविधा सम्पन्न कोठा छन् । मिनिबार, बाथ टप, नि:शुल्क वाइफाइ, फोन सुविधा र बेडरुमबाटै अन्नपूर्ण हिमश्रृखंला नियाल्न सकिने व्यवस्थापन भएको रिसोर्टका फाउन्डर गुरुङले जानकारी दिए ।
रेष्टुरेन्ट एण्ड बार, आउटडोर रेष्टुरेन्ट, बिबिक्यू, स्विमिङ पुल, ट्राभल्स सुविधा रिसोर्टमा पाइने सुविधा हुन् । समथर जमिनको सतहबाट ४ सय मिटर उचाईमा अवस्थित रिसोर्टबाट बेगनास, दिपाङ र मैदी ताल सहजै अवलोकन गर्न सकिन्छ ।
कार्यक्रम तथा सेमिनारका लागि एसी जडित सय जना क्षमताको सेमिनार हलको समेत व्यवस्था भएको रिसोर्टका निर्देशक बिबेक गुरुङले जानकारी दिए ।
संचालनको तेस्रो वर्ष पूरा हुँदै गर्दा रिसोर्टले वेड क्षमता बढाउनु संगै स्पा तथा साउना समेत संचालनको तयारीमा रहेको निर्देशक गुरुङले बताए।
हाल प्रत्यक्ष २२ जनाले रोजगारी पाइरहेको रिसोर्टमा आगामी दिनमा ५० जनासम्म लाई रोजगारी सिर्जना हुने रिसोर्टका व्यबस्थापक टेक बहादुर घर्तिले जनाए।
Discussion about this post