• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखराका पत्रकारका लागि माधुमेह सम्बन्धी अभिमुखीकरण

Ramsharan Nepali by Ramsharan Nepali
March 27, 2022
in समाचार, स्थानीय
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, चैत १२ l
नेपाल विकास समाजले पोखराका पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । पछिल्लो समय मधुमेहका बिरामी बढ्दै गएको भन्दै समाजले शनिबार मधुमेह रोकथाम तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरेको हो ।

संस्थाले साविक लेखनाथ नगरपालिका (हाल पोखरा वडा २६ देखि ३३) मा मधुमेह रोगबारे सचेतना कार्यक्रम गर्दै आएको जनाएको छ ।
शनिबारको कार्यक्रममा संस्थाले मधुमेह के हो र यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे स्थानीयको घरगाउँमै पुगेर सचेतना जगाउने गरेको कार्यक्रम संयोजक पवित्रमणि सोतीले जानकारी दिए । उनका अनुसार मधुमेह ३ फरक उमेर समूहलाई हुने गर्छ । वंशाणुगत मधुमेह ८ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई हुने गर्छ । त्यस्तै उमेर बढ्दै गएपछि हुने मधुमेह प्रायः ४० वर्षपछि र गर्भवती महिलालाई पहिलो ३ देखि ६ महिनाको बीचमा हुन्छ ।

संस्थाले लेखनाथ क्षेत्रलाई आधार बनाएर मधुमेहलगायत नसर्ने रोगबाट बच्न पूर्व प्राथमिक सावधानीअन्तर्गत विद्यार्थी जीवनकालमै शिक्षा दिने काम गरिरहेको छ । प्राथमिक सावधानीअन्तर्गत सम्भावित जोखिमबारे स्वास्थ्य प्रवद्र्धन गर्ने, तेस्रो चरणमा सम्भावित जोखिमयुक्त वर्गलाई स्वास्थ्य जाँच गराउनेदेखि शारीरिक अभ्यास लगायतका क्रियाकलापमा सहभागी गराउने गरिएको सोतीको भनाइ थियो । विश्वमा मधुमेहबाट ५३ करोड ७० लाख मानिस प्रभावित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

उसले सन् २०३० सम्ममा यो संख्या बढेर ६४ करोड ३० लाख पुग्ने प्रक्षेपण गरेको सोतीले जानकारी दिए । नेपालमा ९ लाख बढी मधुमेहका रोगी रहेको अनुमान गरिएको उनको भनाइ छ । समाजले गरेको सर्वेक्षणमा लेखनाथमा २५ देखि ६४ वर्षको उमेर समूहमा १ सय १७ प्रतिशतमा मधुमेहको समस्या पाइएको सोतीले बताए ।

सोतीका अनुसार मधुमेह व्यक्तिको आनीबानी र व्यवहारका कारण हुने गर्छ । मधुमेह बुढ्यौलीपन, खानपीनमा लापरबाही, विलासी जीवनशैली, मानसिक तनाव लगायतका कारण हुने गर्छ । गुलियो, नुनिलो खानेकुरा खानु, चिल्लो, बोसोयुक्त खानपिन र अत्यधिक कार्बोहाइड्रेडयुक्त खानेकुरा खाँदा मोटोपन हुने र सोही कारण मधुमेहका रोगी बढिरहेको उनले बताए ।

Previous Post

ईलेक्ट्रोमेकानिकलको भित्तेपात्रो विमोचन एवं पारिवारिक वनभोज

Next Post

‘सेभेन लेक्स रिसोर्ट’ को तेश्रो वार्षिकोत्सव सम्पन्न

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
‘सेभेन लेक्स रिसोर्ट’ को तेश्रो वार्षिकोत्सव सम्पन्न

'सेभेन लेक्स रिसोर्ट' को तेश्रो वार्षिकोत्सव सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?