लेखनाथ, २५ चैत । महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा शाखा द्धारा श्री लक्ष्मी आदर्श युवा क्लव, पोखरा २७ र ३० ज्यामिरकुना, शिशुवा लाई फोहोर व्यावस्थापनका लागि डस्बिन हस्तान्तरण गरेको छ ।
शिशुवा शाखा अन्तर्गत बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फोहोर व्यावस्थापनका लागि डस्बिन हस्तान्तरण गरेको हो ।
युवा क्लव का अध्यक्ष निर्भान देवानको अध्यक्षतामा भएको कार्यक्रममा महालक्ष्मी विकास बैंक शिशुवा शाखाका प्रबन्धक विमल बास्तोला ले १० थान प्लाष्टिक डस्बिन हस्तान्तरण गर्नु भएको थियो ।
प्रवन्धक बास्तोलाले बैंक नाफा मात्र आर्जन गर्न नभई सामाजिक अभियानमा समेत हरेक क्षेत्रमा बैंकले सहयोग गर्दै आएको कुरा बताउनु भयो । बैंक समाजका लागि भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत अभियान हरेक क्षेत्रमा अघि बढिरहेको बताउनु भयो ।
युवा क्लवका अध्यक्षय निर्भान देवानले “बैंक नाफाका लागि मात्र नभई व्याबहारीक रुपमा बैंकले कार्य गरेको” भन्दैे धन्यवाद ज्ञापन गर्नुभयो । साथै यसै गरि आगामि दिनहरुमा पनि यसै गरि कार्य गर्न बैंकका प्रवन्धक बास्तोलालाई अनुरोध गर्नुभयो ।
महालक्ष्मी विकास बैंक राष्ट्र स्तरको विकास बैंक हो । साथै यस बैंकको नेपाल अधिराज्य भरीमा १०३ वटा शाखा र ३५ वटा ATM सञ्चालनमा आइ २६ औं वसन्त पार गरि २७ औं वसन्तमा लागेको छ ।
Discussion about this post