• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

देशको आर्थिक सम्मृद्धिका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण २०३०”: शेखर गोल्छा

Lekhnath Khabar by Lekhnath Khabar
September 17, 2021
in अर्थ खबर, समाचार, स्थानीय, हेडलाईन
0
0
SHARES
185
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली

लेखनाथ, असोज १ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले देशको अर्थतन्त्र सुधार र निजी क्षेत्रको तर्फबाट मुलुकको सम्मृद्धिमा योगदान दिनका लागि ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ को मार्गचित्र तयार पारिएकोे बताएका छन्।

लेखनाथ उद्योग वाणिज्य संघको २५ औँ वार्षीक साधारण सभा तथा १३ औं महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले मुलुककोसमृद्धिमा अहिलेभन्दा अझै बढी, व्यवस्थित र प्रभावकारी योगदान दिनका लागि ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ले सहयोग पु¥याउनेविश्वास व्यक्त गरे।

योजना लागू भए १ खर्ब ५० अर्ब डलरभन्दा बढी लगानी अर्थतन्त्रमा भित्रिन्छ,’ महासंघ अध्यक्ष गोल्छाले भने, ‘जसमध्ये करिब १ खर्ब ८अर्ब डलर निजी क्षेत्रबाट लगानी हुनेछ ।’ महासंघले अर्थतन्त्रको सुधारका लागि स्पष्ट अवधारणा हुनुपर्ने मागसहित आर्थिक रूपान्तरण२०३० ल्याएको उनले बताए । आगामी दशकमा अहिले रहेको ३४ अर्बको डलरको अर्थतन्त्रलाई १ खर्ब डलरमा पु¥याउन र दोहोरोआर्थिक वृद्धिदर हासिल गर्न सम्भव भएको अध्यक्ष गोल्छाको भनाइ छ ।

मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुँदै गएमा मात्र सम्मुन्नति पनि सँगसँगै आउने भएकालेनिजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको बताए। उनले बजेटको आकार बढाएर मात्रै विकास सम्भव नभएको भन्दैअनुत्पादक क्षेत्रको खर्चमा बजेट कम गर्न सुझाव दिए।

उनले भने, ‘कोभिड १९ ले पारेको प्रभाव र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महासंघले आर्थिक रुपान्तरण २०३० मार्फत प्रारुपतयार पारेको छ। यसलाई महासंघले भिजन पेपर पनि भन्ने गरेको छ। यसको कार्यान्वयनका लागि सरकार लगायत सबै निकाय बीचकोसहकार्य र समन्वयबाट मात्र सम्भव छ ।

चाडबाडको समयमा बजार अनुगमनका नाममा व्यवसायीहरुलाई अनावश्यक दु ःखः दिने प्रवृत्ति रहेको भन्दै गलत काम गर्नेहरुलाई भनेकानूनी कारवाहीको दायरामा ल्याउन उनले आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष दिनेश श्रेष्ठ र महासंघ कै उपाध्यक्ष अञ्जन श्रेष्ठले परियोजनामा आधारित कर्जाकोसम्भाव्यता अध्ययन गरेर नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकलाई प्रतिवेदन बुझाएको र धितोका आधारमा कर्जा लगानी गर्दावित्तीय संस्थाहरूलाई हुन सक्ने लगानी जोखिम न्यूनीकरण गर्ने सम्भावित संयन्त्रसहित केही महत्वपूर्ण सुझावहरू प्रतिवेदन मार्फतदिइएको वताए ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्धारा स्थापीत चन्द्र लक्ष्मी जेष्ठ नागरिक सम्मानपत्रकारिता पुरस्कारबाट  बरिष्ठ पत्रकार नारायण कार्कीलाई सम्मान गरिएको थियो ।

सम्मानित कार्कीले पत्रकारीताको लागि कुनै उमेर हद नहुने बताउदै आफुले अहिलेसम्म पाएको पुरस्कारको रकममा थप गरि अक्षयकोषमार्फत अर्को पुरस्कार स्थापना गर्ने बताएका थिए । पुरस्कारको राशी एक लाख एक हजार रहेको छ ।

यसैगरि संघका पुर्व कार्यसमिति सदस्य कृष्ण प्रसाद ढुंगानाद्धारा स्थापना गरिएको वातावरण पुरस्कारबाट पोखरा–३१ को नहरचोकस्थित नमुना टोल विकास संस्थालाई सम्मान गरिएको थियो भने संघका पुर्व अध्यक्ष स्वर्गीय नारायण कोईलालाद्धारा स्थापना गरिएकोअक्षयकोषबाट जनप्रकाशमा अध्यनरत विद्यार्थी देउमाया थापालाई छात्रवृति प्रदान गरिएको थियो ।

सोही अवसरमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोईराला, लेखनाथ उद्योग बाणिज्य संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा महासंघका केन्द्रिय सदस्य बावुराम गिरी लगायतले कोभिडकोमारमा परेका ब्यवसायीहरुको हक हितका सवालमा नितीगत योजना ल्याउनु पर्ने सुझाव राखेका थिए ।

Previous Post

मेरो जित सुनिश्चित छ: कोषाध्यक्षका उम्मेद्वार ओझा

Next Post

लेउबा संघ १३ औ महाधिवेशन : मतगणना स्थल तनावग्रस्त्, ९ भोटले बिबाद

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लेउबा संघ १३ औ महाधिवेशन : मतगणना स्थल तनावग्रस्त्, ९ भोटले बिबाद

लेउबा संघ १३ औ महाधिवेशन : मतगणना स्थल तनावग्रस्त्, ९ भोटले बिबाद

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?