लेखनाथ, १ असोज । २०७४ सालमा साधारण सदस्यको रुपमा संघमा प्रवेश गरेका व्यवसायी भरत ओझा सम्पुर्ण व्यवसायीहरुमाझ परिचित भएकै कारण जित सुनिश्चित रहेको दावी गर्दछन । लेखनाथका विभिन्न क्षेत्रमा आफ्नो व्यवसाय रहेकाले सबै व्यवसायीहरुसँग नजिकको सम्बन्ध रहेको र उहाँहरुले आफुलाई मतदान गर्ने निश्चित रहेको उनको दावी छ ।
२ कार्यकाल कार्यसमिति सदस्यको रुपमा संघमा सेवा गरिसकेका ओझाले संघले आयोजना गर्ने लेखनाथ महोत्सवमा स्टल संयोजक एवं टिकट संयोजक भएर काम गर्दा ऐतिहासिक काम गरेको दावी गर्छन ।
कोरोना महामारीले सम्पुर्ण व्यवसायीहरुलाई पारेको असरलाई न्यूनिकरण गर्दै उत्थान गर्नुपर्ने र महामारीलाई मध्यनजर गर्दै राज्यले ल्याएका सुविधाहरुलाई संघमार्फत व्यवसायीहरुसमक्ष पुर्याउने मुख्य एजेण्डा लिएर मतदाताहरुमाझ पुगिरहेका ओझाले व्यवसायीहरुबाट सकारात्मक प्रतिक्रिया पाईरहेको वताउँछन ।
व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण उचित नभएको वताउँदै ओझाले कर तिरेर राज्यलाई पु¥याएको योगदानको कदर गर्नुपर्ने वताए ।
संघमा लेखनाथ क्षेत्र र रुपा गाउँपालिका क्षेत्रका व्यवसायीहरु पनि भएको र आफ्नो होम टाउन पनि रुपा गाउँपालिका भएका कारण उक्त क्षेत्रका सम्पुर्ण व्यवसायीहरुले आफुलाई विजयी गराउन मत दिने उनको दावी छ ।
कोषाध्यक्ष पदमा विजयी भएको खण्डमा विगतको अनुभवलाई समेत प्रयोग गरी विभिन्न योजनाहरु मर्फत संघको कोष वृद्धि गराउने र व्यवसायीहरुको हक हितका लागी कटिवद्ध रुपमा लाग्ने उनले वताए ।
Discussion about this post