पोखरा ३१ भाद्र । पोखरा महानगरपालिका ३१ निवासी मृगौला पिडीत निल बहादुर गुरुङको सहयोगमा रकम उठ्ने क्रम जारी छ ।
मृगौलामा समस्या देखिएपछि विगत लामो समयदेखि उपचाररत गुरुङलाई डाएलोसिस एवं अन्य उपचारका लागि रकम सहयोग सङ्कलन सुरु गरिएको थियो । सोही क्रममा पोखरा १७ बिरौटाका दिपक ढकालले बिहिबार ५००० सहयोग गरेका छन ।
यसअघि बिभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगमा संकलित कुल २ लाख २३ हजार २ सय ६५ रुपैया गुरुङलाई हस्तान्तरण गरीसकिएको छ ।
पोखरा ३१ पचभैया निवासी गुरुङको सहयोगका लागि पचभैया तमु समाजको समन्वय तथा स्थानीय बिक्रम गुरुङको संयोजकत्वमा ‘निल बहादुर गुरुङ बचाउ अभियान समिति’ गठन गरी उक्त रकम संकलन गरीएको थियो ।
आर्थिक अवस्था कमजोर रहेको र रोगले ग्रसीत भएपश्चात जीवनयापनमा समेत समस्या भएपछि आर्थीक सहयोगका लागि अभियान चलाईएको संयोजक बिक्रम गुरुङले जानकारी दिए ।
Discussion about this post