रामशरण नेपाली
लेखनाथ, भदौ ३१ । लेखनाथ क्षेत्रका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन शुक्रबारबाट शुरु हुँदैछ ।
गत भाद्र १८ र १९ गते साधारण सभा तथा अधिवेशनको मिति तोकिएको भए पनि जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारीको जोखीम कायमै रहेको भन्दै अधिवेशनको कार्यक्रम रोक्न निर्देशन दिएको थियो । त्यसपछि प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै असोज १ र २ गतेका लागि संघले नयाँ मिती सार्वजनीक गरेको थियो ।
कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको र नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छाले साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्ने संघले जानकारी दिएको छ । शुक्रबार भर्चुअल रुपमा समुदघाटन समारोह एवं बन्द सत्र गरिने र निर्वाचनको कार्यक्रम शनिबार लेखनाथ महोत्सव स्थल पोखरा–२७ डाडाँको नाक मा हुने संघका महासचिव गोपिचन्द्र बाँस्तोलाले जानकारी दिएका छन ।
कुल १ हजार ७ सय ३६ मतदाता रहेको संघमा विभिन्न १६ पदका लागी ३७ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका छन । स्वास्थ्य मापदण्डको पालना तथा सामाजीक दुरी कायम गर्दै हुने निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको निर्वाचन आयुक्त हेमराज बरालले वताए ।
अध्यक्ष पदमा वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको मात्र उम्मेदवारी परेकाले आत्रेय निविरोध भईसकेका छन् भने संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा मेघराज पौडेल पनि यस अघि नै निविरोध निर्वाचित भईसकेका छन ।
Discussion about this post