लेखनाथ, भदौ ३१ । लेखनाथ उद्योग वाणिज्य संघको आसन्न १३ औं महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका भिम बहादुर नेपाली काँईलाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन । चुनावको २ दिन अगाडी उम्मेद्वारी फिर्ता लिंदै उनले आफ्ना प्रतिष्पर्धी रामजी पौडेललाई सघाउने वताएका छन ।
चुनावी प्रचार प्रसारमा समेत जुटीसकेका नेपालीले संघमा आफ्नो कार्यअनुभव राम्रो रहेको र सबै व्यवसायीहरुको मनमुटुमा वस्न सफल भएकोले अन्य खालका चलखेलहरु नभएको खण्डमा आफ्नो जित सुनिश्चित रहेको उनले यस अघि नै दावी गरेका थिए ।
नेपालीलाई उम्मेदवारी फिर्ता गराउन वामपन्थी धारका केन्द्रीय नेताहरुले नै दवाव दिएको श्रोतले वताएको छ । दुई कार्यकाल कार्यसमिति सदस्य तथा विभिन्न उप–समितिहरुका काम गरेको अनुभव सँगालेका काईलाले पुनः पदाधिकारी पदमा लड्ने वाचा सहित निशर्त उम्मेद्वारी फिर्ता लिंदै पौडेललाई सर्मथन गरेका हुन ।
पछिल्लो क्रममा विभिन्न उम्मेद्वारहरु राजनितिक धारा प्रवाह हुँदै प्रजातान्त्रिक र वामपन्थी धारमा खुलेर लाग्न थालेपछि नेपालीलाई उम्मेदवारी फिर्ता लिन चर्को दवाव परेको थियो । यद्यपी उनी चुनाव लड्ने मनसाय बनाएर प्रचार प्रसारमा समेत जुटिरहेको अवस्थामा अप्रत्यासीत रुपमा उनले उम्मेद्वारी फिर्ता लिएपछि नेपालकै उत्कृष्ट वाणिज्य संघमा राजनीती हावी भएको व्यवसायीहरुले प्रतिक्रिया दिएका छन ।
Discussion about this post