लेखनाथ ३१ भदौ
लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनमा बुद्धि प्रसाद बास्तोलाले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
संघ संस्था र व्यबसायमा प्रबिधीको उच्चतम प्रयोग आजको आवस्यकता भन्ने नाराका साथ बास्तोला चुनावी प्रतिस्पर्धामा उत्रेका हुन्।
उनी भन्छन् – ” समय सुहाउँदो आजको व्यबसायलाई प्रबिधी मैत्री व्यबसाय बनाउन मैले उद्योग वाणिज्य संघमा उम्मेदवारी दिएको हुँ”।
वर्तमान कार्यसमिति सदस्य पदमा समेत रहेका बास्तोलाले यस अघि सुचना प्रबिधीका विभिन्न उप समितिमा रहेर काम गरिसकेको अनुभव लिइसकेका छन्।
लेखनाथ उद्योग वाणिज्य संघको मोवाईल एप व्यबस्थित गर्न, वेबसाईटमा व्यबसायी र व्यबसायको सम्पुर्ण अभिलेख राखी व्यबसायिलाई प्रबिधी संग जोड्न पुन एकपटक सदस्य पदमा जिताउन बास्तोलाले सम्पुर्ण उद्योगी व्यबसायीहरुलाई अपिल गरेका छन्।
पोखरा ईन्टरनेट लेखनाथका संचालक रहेका बास्तोला लेखनाथ उद्योग वाणिज्य संघको बर्तमान सदस्य तथा विभिन्न उपसमितिमा रहेर काम गरेको अनुभव बटुलेका छन्। तालचोक बजार व्यबस्थापन समितिका सचिब रहेका उनी विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेका छन्। उद्योग वाणिज्य संघको १३ औं महाधिवेशन यहि असोज २ गते हुँदैछ।
Discussion about this post