लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशन को मत गणना स्थल लेखनाथ उद्योग वाणिज्य संघको कार्यालय तनावग्रस्त,९ भोट वढी भएका कारण मतगणना अन्यौलमा परेको छ । १८०० सय मतपत्र छापिएकोमा पदाधिकारिको तर्फ १७४ मात्र खाली मत फेला परेपछी बिबाद चुलिएको हो ।
उम्मेद्वार का प्रतिनिधिले मुचुल्कामा सही गर्न नमानेपछी बिबाद बढेको थियो । तत्काल सत्य तथ्य छानबिन गरी मतगणना शुरु नगरेको भन्दै व्याबसायिहरुले नाराबाजी गरेर संघको झ्याल तोडफोड गरेका छन ।
यता निर्वाचन समिती आकस्मिक बैठक बसिरहेको सन्चारकर्मी भिमपाणी बरालले जानकारी दिएका छन ।
Discussion about this post