लेखनाथ, असोज ३ । लेखनाथ उद्योग वाणिज्य संघको २५ औँ वार्षीक साधारण सभा तथा १३ औं महाधिवेशन अन्र्तगत नयाँ नेतृत्व चयनको लागी शनिवार सम्पन्न मतदान कार्यक्रम को स्थगित मतगणना आजबाट हुने भएको छ ।
शनिबार साँझ ८ः३० बजेबाट हुने भनिएको मतगणना स्थगित भएपछि आईतबार संघको कार्यसमिति, पुर्वअध्यक्ष एवं उम्मेदवारहरुको छुट्टाछुट्टै वैठक बसि मतगणना सुचारु गर्ने विषयमा सहमति कायम गरेको हो ।
निर्वाचन समितिले कुल खसेको मतको यकिन तथ्याड्ढ दिन नसक्दा स्थगित भएको थियो । शनिबार बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म भएको मतदानमा समितले कुल १ हजार ६ सय १७ मत खसेको तथ्याकं दिएको थियो तर पछि मतगणना गर्दा समितिले कुल खसेको मतको यकिन गर्न नसक्दा विवाद उत्पन्न भएको थियो ।
कुल १ हजार ७ सय ३५ मतदाता रहेको सघंको चुनावमा १ हजार ८ सय मतपत्र छापिएको थियो । मुचुल्का उठाउने क्रममा समितिले प्रयोग भएको मतपत्र र बाँकी रहेका मतपत्रको समेत मुचुल्का नउठाउँदा खसेको मतको विश्वासिलो आधार नभएको र चुनावमा धाँधली भएको उम्मेदवार तथा तिनका प्रतिनिधिले आरोप लगाएका थिए ।
चुनावमा धाँधली भएको भन्दै संघ परिसरमा उपस्थित उमेद्वारका सर्मथकहरुको नाराबाजी गरेपछि परिसर केहि समयका लागि तनावग्रस्त बनेको थियो भने परिसरमा रहेका गमला तथा कुर्चिहरु समेत तोडफोड भएका थिए ।
Discussion about this post