• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

खुदी खोलाको टेण्टर आह्वान पछि स्थानीयको विरोध प्रर्दशन

Lekhnath Khabar by Lekhnath Khabar
September 13, 2021
in समाचार, समाज, स्थानीय
0
0
SHARES
493
VIEWS
Share on FacebookShare on Twitter

 

कविराज खनाल , २८ भदौ ।
पोखरा महानगरपालिका वडा नं ३२ को खुदीखोलालाई पोखरा महानगरपालिका कार्यालयले उत्खनन् कार्य ( घाट सन्चालनको ठेक्का ) भए पछि विभिन्न स्थानीय वसाी र राजनैतिक पार्टीको तर्फवाट सोमवार वडा कार्यालयको परिसरमा बिरोध कार्याक्रम सहित प्रेस विज्ञप्ती जारी गरिएको छ विज्ञप्तीमा भनिएको छ ।

गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३२, मा रहेको खुदी खोलाको दोभान देखि तल्लो पुलसम्मको र अन्य भागमा नदी जन्य पदार्थहरु उत्खनन् गरि विक्रि वितरण गर्ने उद्देश्यले पोखरा महानगरले २०७८ भदौ १ गते स्थानिय पत्रिका मार्फत टेण्टर आह्वान गरेको प्रति हाम्रो गम्भीर ध्यान आर्कषण भएको छ । स्थानिय क्षेत्रका सरकारवालाहरु, राजनैतिक दलका स्थानिय प्रतिनिधिहरु समाजसेवी, बुद्धिजिवीहरु कसैवाट कुनै परामर्श नलिई गरिएको कार्य र त्यसवाट उत्पन्न तात्कालिन एवं दिर्घकालिन प्रभावको कुनै मुल्याङ्कन नगरी गरिएको यस टेण्टर प्रति घोर आपत्ति प्रकट गर्दै तत्काल टेण्टर निष्कृय गर्न जोडदार माग गर्दछौ । यदि टेण्टर स्वीकृत गरी उत्खनन् कार्य गरेमा खुदी खोलाका दायाँ वायाँका बस्तीहरु पुुरै कटान भई हजारौ मानिसहरु बेघरवार हुने , धनजनको क्षतिहुने अवस्था रहेको जानकारी गराइन्छ ।

यसर्थ स्थानिय सरोकारको यस विषयलाई गम्भीरता पुर्वक लिई तत्काल टेण्डर खारेज गर्न अनुरोछ गरिन्छ यदि महानगरले यस प्रस्तावलाई वेवास्ता गरि जबरजस्ती टेण्टर गरि स्वीकृत गरेमा त्यसवाट उत्पन्न परिस्थितिको जिम्मेवार महानगरपालिका स्वयंम नै हुने छ । नेकपा एमालेका वडा नंं ३२ का अध्यक्ष चिरन्जीवि तिवारी, नेपाली कांग्रेसको तर्फवाट कुलप्रसाद अधिकारी सभापति, नेकपा माओवादीका सचिव कमल तिलिजा पुन, जनता समाज पाटीका केन्द्रिय सदस्य राजन केसी, भु संरक्षण जलाधार समिति वडा नंं ३२ का अध्यक्ष तर्फवाट शिव वहादुर थापाले संयुक्त रुपमा हस्तान्तरण गरि वडा नंं ३२ का वडा सदस्य विष्णुप्रसाद तिवारीलाई प्रेस विज्ञप्ती हस्तान्तरण गरिएको हो ।

हालै मात्र सर्वोच्च अदालतले पनि नदीबाट बालुवा , रोडा गिट्ी तथा ढुग्गा उत्खननका लागी छुट्टै कानुन बनाउन सरकारलाई आदेश दिएको अवस्ता मा ननदी जन्य पदार्थ उत्खनन गर्ने उद्योगहरु निर्देृशिकाबाट सन्चालन हुदै आएकामा अदालतले त्यससम्बन्धी सबै समस्या र विषयवस्तु समेट्ने ऐन निर्माण गर्न उपयुक्त हुने फैसला समेत सुनाएको अवस्थामा नदी जन्य वस्तुहरुको उत्खनन कार्यलाई बढी व्यवस्थित र नियन्त्रित अवस्थाबाट सन्चालन गर्न त्यसबाट बनजंगल , जमिन, पुल, कल्भर्ट राजमार्ग जैविक वनस्पति, जीवजन्तुको बासस्थान, राष्टिय सम्पदा र प्राकृतिक स्रोतको संरक्षण् गर्न एउटा विशेष ऐन नै बनाउन उपयुक्त हुन्छ आदेशमा भनिएको छ ।

तर पनि खुदी खोलाको वस्तीलाई जोखिम पारेर घाट सन्चालन गर्न लागेकोले महानगरपालिका र जिल्ला प्रसाशन कार्यालय र जल, उर्जा तथा खानेपानी मन्त्रालयमा समेत ज्ञापन पत्र बुझाएको बुझाउदा समेत प्रशासनले ध्यान नदिदा स्थानीय वासी आक्रोसमा उर्तिएर सोमवार वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको नेकपा एमालेका वडा अध्यक्ष चिरन्जिवि तिवारीले वताए ।

महानगरपालिकाले खुदीखोला घाट चलाउन भदौ १ गते ३० दिने सुचना निकाले पश्चात स्थानीय यसको विरोधमा उर्तिन परेको जनता समाज पाटीको केन्द्रिय नेता राजन के.सीले वताए ।

साथै स्थानीय सँग समन्वय नगरी घाट सन्चालन गर्दा त्यहाँको वास्तविक भौगोलिक अवस्थाको ख्यालै नगरी गरेको टेण्टर प्रति घोर आपत्ती गरिएको नेपाली काग्रेस वडा नंं ३२ का सभापति कुलप्रसाद अधिकारीको भनाइ रहेको छ ।

महानगर ले ३ खण्ड तोकी खुदी खोला घाट टेन्टर आह्वान र खुदी खोलाका पुल देखि करिव १ कि.मि. लम्वाई क्षेत्रमा उत्खनन गरे पछि १ नंं टोल देखि ६ नम्वर टोल सम्मका करिव १८ सय भन्दा वढी घर घुरी जोखिममा पर्ने कुरा भु संरक्षण जलाधारका समितिका का अध्यक्ष शिववाहादुर थापाले वताए ।

वि.स. २०५५ साल देखि हाल सम्म घाट वरपरको वस्ती भूमिहिन र अव्यवस्थित बसोवास रहेको क्षेत्र हो । खुदी खोला वेगनास तालदेखि सुरु भए कोत्रे खोलसम्म मिसीन्छ । यो खोला बर्षातको समयमा निकै उर्लिएर वग्ने गर्दछ भने विगतका वर्षहरुमा पनि धेरै क्षेत्रफलको भुमि कटान गरीसकेको छ । त्यस माथि महानगरले टेण्टर आह्वान गर्दा वस्तीनै वगाउने सम्भावना रहेको ने.क.पा. माओवादीका नेता शिवजी लामिछाने बताउछन् ।

Previous Post

उद्योगी व्यबसायीका लागि नयाँ पोखरा मेरो प्रतिबद्धता : प्रथम उपाध्यक्षका उम्मेदवार ओझा

Next Post

व्यवसायको प्रर्वद्धन, स्तरोन्नती र पुर्न उत्थानका लागि मेरो उम्मेद्वारी : द्धितीय उपाध्यक्षका उम्मेद्वार बाँस्तोला

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
व्यवसायको प्रर्वद्धन, स्तरोन्नती र पुर्न उत्थानका लागि मेरो उम्मेद्वारी : द्धितीय उपाध्यक्षका उम्मेद्वार बाँस्तोला

व्यवसायको प्रर्वद्धन, स्तरोन्नती र पुर्न उत्थानका लागि मेरो उम्मेद्वारी : द्धितीय उपाध्यक्षका उम्मेद्वार बाँस्तोला

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?