• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

पोखरामा काङ्ग्रेसको चुनावी सरगर्मी, कसले हाँक्ला महानगरको नेतृत्व

Lekhnath Khabar by Lekhnath Khabar
September 8, 2021
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो महानगरपालिका पोखराको काङ्ग्रेस अधिवेशन आगामी २७ गते हुँदै छ । वडा अधिवेशनको समाप्तिसँगै महानगरको नेतृत्व हाँक्नका लागि उम्मेदवारी घोषणा गर्ने क्रमले व्यापकता पाइरहेको छ ।

उम्मेदवारका आकाकाङ्क्षीहरू मतदाता भेटघाट र अन्य सम्भावित प्रतिस्पर्धीहरूलाई रिझाउन र थम्थम्याउने प्रयास गरिरहेका छन् । वडा अधिवेशनका क्रममा अधिकांश स्थानमा सर्वसम्मत भए पनि महानगरको नेतृत्वका लागि भने निर्वाचन नै हुने पक्कापक्की नै छ ।

कास्की जिल्ला र यहाँ रहेका तीन वटा निर्वाचन क्षेत्र, एक महानगरपालिका, चार गाउँपालिका र तिनका वडासहित प्रदेश निर्वाचन क्षेत्रमा नयाँ नेतृत्वको दाबेदारी प्रस्तुत भइरहेको छ ।

क्षेत्रफलका हिसाबले देशकै ठुलो र केन्द्रीय नेताहरूको समेत चासो रहने भएकाले पोखराको काङ्ग्रेस महाधिवेशन र उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ ।

हालसम्म ६ जनाले महानगरको सभापतिको उम्मेदवारी सार्वजनिक गरेका छन् । जसमा केही बहालवाला वडाध्यक्षसहित अन्य पेसामा राष्ट्रिय उचाइ बनाएकाहरूसमेत छन् ।

हालसम्म नेपाल पत्रकार महासङ्घ तथा नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष गङ्गाधर पराजुली, पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव सुरेन्द्रमान बिजुक्छे, पोखरा ९ र ११ का अध्यक्षद्वय क्रमशः रामराज लामिछाने, मोहन बाँस्तोला, काङ्ग्रेसका स्थानीय युवा नेता मिलन तिवारी र पत्रकारितामै त्रियाशील रहेकी ज्योति हमालले पोखरा महानगरको नेतृत्वमा दाबी गरेका छन् ।

ज्याेति हमाल

तीमध्ये हमालले गण्डकी प्रदेश सरकारमा महिलालाई सहभागिता नगराएको विरुद्धमा आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् ।

६ जनाको उम्मेदवारी सार्वजनिक भए पनि मूलतः दुई वा तीन जनाबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको काङ्ग्रेस कास्कीका कार्यकर्ताहरूले आँकलन गरेका छन् ।

तर हालसम्म कुनै पनि प्यानलसहितको उम्मेदवारी सार्वजनिक नभएकाले केन्द्रदेखिको गुटगत प्रवित्ति पोखरामा देखिन्छ वा देखिँदैन भन्न सकिने अवस्था भने नरहेको बताइएको छ । यद्यपि त्यो सम्भावनालाई कार्यकर्ताहरूले नकार्न भने सकेका छैनन् ।

अहिलेसम्म ६ जनाले काङ्ग्रेस पोखरा महानगरको नेतृत्वमा जाने घोषणा गरेपनि पत्रकारिताबाट राजनीतिमा होमिँदै गरेका गङ्गाधर पराजुली बलियो दाबेदार रहेको काङ्ग्रेस वृत्तमा चर्चा छ ।

१२ वर्षको उमेरमै आफू अध्ययनरत पञ्चकोसी निमाविमा नेपाल विद्यार्थी सङ्घको स्कुल एकाइ समितिको सचिव बनेका पराजुलीको नेविसङ्घ, शिक्षक सङ्घ र पत्रकारिताको राजनीतिमा पनि सफल सिद्ध देखिएकाले उनको सम्भावना बढी भएको काङ्ग्रेस कार्यकर्ताहरूबीच चर्चा चलेको हो ।

गङ्गाधर पराजुली

‘सबै माहोल हेर्दा सम्भावना अधिक बढेको छ, मेरो फेभरमा धेरै साथीहरू रहेको पाएको छु । तर पनि हेरौँ निर्वाचन हो, सकेसम्म सर्वसम्मत हुने प्रयास गर्छु । नभए पनि निर्वाचनमा आम मतदाताले अमूल्य मतसहित विजयी गराउनेमा ढुक्क छु,’ पराजुलीले भने ।

सुरेन्द्रमान विजुक्छे

पराजुली १२औँ महाधिवेशनमा कास्की जिल्लाको सचिव पदमा उम्मेदवार बनेका थिए  । उनलाई पराजित गरेका कृष्ण केसी अहिले कास्की काङ्ग्रेसको जिल्ला सभापति छन् ।

पार्टीको १३औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा नगरेका गङ्गालाई पार्टीमा पुस्ता हस्तान्तरण हुनुपर्छ भन्ने ठम्याइका साथ सानो एकाइ नै किन नहोस्, सफल नेतृत्व दिनुपर्छ भन्ने उद्देश्यसहित आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

मिलन तिवारी

गङ्गा मात्रै होइन, अर्का आकाङ्क्षी मिलन तिवारी पनि आफू नेतृत्वमा पुग्ने विश्वास राख्छन् । लामो समयदेखि लोकतन्त्र, प्रजातन्त्र र काङ्ग्रेसका लागि अविचलित भएर लाग्नु नै विजयको आधार भएको तिवारीको बुझाइ छ ।

उता अर्का आकाङ्क्षी सुरेन्द्रमान बिजुक्छे पनि सभापतिका लागि बलियो नाम भएको काङ्ग्रेस कास्कीमा चर्चा छ । पोखरा उद्योग वाणिज्य सङ्घमा महासचिवसमेत रहेका उनको व्यावसायिक क्षेत्रका काङ्ग्रेस कार्यकर्तामा राम्रो पकड रहेको बताइन्छ ।

यद्यपि व्यापारिक व्यक्तित्वलाई पार्टीको जिम्मेवार स्थानमा नेतृत्व दिँदा आम निष्ठावान् कार्यकर्तालाई अन्याय भएको आरोप लाग्दै आएको कास्की काङ्ग्रेसमा त्यही आरोप बिजुक्छेका लागि प्रत्युत्पादक नहोला भन्न सकिँदैन । जुन कुरा बिजुक्छेको सफलतामा छेकबार हुन सक्छ ।

अर्का आकाङ्क्षीद्वय लामिछाने र बाँस्तोला बहालवाला वडाध्यक्षका रूपमा कार्यरत छन् । दुवैजनाले आफूहरू बलियो उम्मेदवार भएको दाबी गरे पनि आफ्नै वडामा समेत बलियो पकड जमाउन नसकेको, जिल्लाव्यापी नेटवर्क नहुनु उनीहरूको कमजोरीका रूपमा कार्यकर्ताहरूले लिएका छन् ।

त्यस्तै अर्की आकाङ्क्षी ज्योति हमाल पनि आफूलाई महानगरको नेतृत्वका लागि सबल र बलियो ठान्छिन् । यद्यपि उम्मेदवारी सार्वजनिक गर्दै गर्दा प्रदेश सरकारमा महिला सहभागितालाई उपेक्षा गरिएकाले आफ्नो उम्मेदवारी भएको बताएकाले महिलाको सहानुभूति पाउने सम्भावना भने उत्तिकै छ । तर अन्तिम अवस्थासम्म उनको उम्मेदवारी कायमै रहनेमा आशङ्का गरिँदै आएको छ ।

माेहन बास्ताेला

पोखरा महानगर विशाल छ । पूर्वमा तनहुँको कोत्रेदेखि पश्चिममा पर्वत र स्याङ्जाको पञ्चासेसम्म फैलिएको महानगरमा काङ्ग्रेसका १४ हजारभन्दा बढी क्रियाशील सदस्य छन् । जुन सङ्ख्याबाट निर्वाचित बनेर करिब एक हजार चार सय जना क्षेत्रीय प्रतिनिधिले महानगरको काङ्ग्रेस नेतृत्व चुन्ने छन् ।

गुटको राजनीति देखिएला महानगरमा ?

नेपाली काङ्ग्रेसमा स्पष्ट दुई गुट छन् । ती हुन्– अहिलेका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल गुट । जसलाई अहिले संस्थापन र संस्थापनइतर भनिँदै आएको छ । त्यसको प्रत्यक्ष प्रभाव पोखरा महानगरको नेतृत्वका लागि देखिएला कि नदेखिएला भन्ने आम काङ्ग्रेस कार्यकर्तामा चासो बढेको छ ।

अहिलेसम्म उम्मेदवारी सार्वजनिक गरेकाहरूले आफूहरूलाई कुनै पनि गुटको उम्मेदवारको रूपमा चिनाउन खोजिरहेका छैनन् । यद्यपि पृष्ठभूमिका आधारमा उनीहरूलाई मतदाताले बुझ्ने देखिएको छ ।

रामराज लामिछाने

संस्थापन र इतरका जिल्ला नेताहरूले पनि कोही पनि उम्मेदवारलाई आफ्नो पक्षको हो भनेर खुलाउन चाहेका छैनन् । संस्थापन पक्ष भनेर चिनिएका नेता सोभियतबहादुर अधिकारीले महानगरको नेतृत्वमा कित्ता छुट्याउन नहुने बताए ।

‘महानगरको निर्वाचनमा कित्ता छुट्याउनु हुँदैन । हामी पनि त्यो पक्षमा छैनौँ,’ उनले भने । कित्ता छुट्ट्याएर आन्तरिक निर्वाचनमा जाँदा आगामी स्थानीय तहको चुनावमा असर पुग्ने अधिकारीको भनाइ छ ।

‘त्यसो त हाल देखिएका सबैको एक किसिमको पृष्ठभूमि छ,’ उनले भने, ‘तैपनि गुटगत रूपमा चुनावमा जानुहुँदैन, मतदाताले जे गर्छन् गर्छन् ।’

तर जिल्लाकै नेतृत्वका लागि हुने चुनावमा भने पक्ष–विपक्ष भएर चुनाव हुन सक्ने उनले सङ्केत गरे । via Koshionline

Previous Post

व्यवसायीक हक हित सुनिश्चत गर्न प्रथम उपाध्यक्षमा मेरो उम्मेदवारी : श्रेष्ठ

Next Post

नयाँ सोच र नेतृत्वको लागि नगर सचिवमा तिवारीको उम्मेदवारी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
नयाँ सोच र नेतृत्वको लागि नगर सचिवमा तिवारीको उम्मेदवारी

नयाँ सोच र नेतृत्वको लागि नगर सचिवमा तिवारीको उम्मेदवारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?