सचिन रानाभाट
लेखनाथ, २२ भदौ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनमा प्रथम
उपाध्यक्ष पदमा संघको स्थापनाकालका उप महासचिव प्रकाश लाल श्रेष्ठले आफ्नो उम्मेदवारी
प्रस्तुत गरेका छन ।
संघमा स्थापनाकाल देखि नै जोडिएका श्रेष्ठ १ कार्यकाल उपमहासचिव, २ कार्यकाल महासचिव र १
कार्यकाल दितिय उपाध्यक्ष बनेर संघलाई महत्त्वपूर्ण योगदान दिएका ब्यक्ति हुन् ।
वैदेशिक व्यबसायको समेत अनुभव संगालेका श्रेष्ठको उद्योग वाणिज्य संघमा पुनरागमनलाई
संघका पुर्व अध्यक्षहरु तथा व्यबसायीहरुले सकारात्मक रुपमा लिएका छन्।
“व्यवसायीक हक हितको सुनिश्चतताः सक्षम नेतृत्व आजको आवश्यकता” भन्ने नारा बोकेर
उद्योगी, व्यवसायीहरुसँग घरदैलो अभियानमा पुगेका श्रेष्ठले अनुभवी र सक्षम व्यक्तीलाई
वाणिज्य संघमा स्थान दिन अनुरोध समेत गरेका छन् । उनी भन्छन् – “संघमा मेरो अनुभव
स्थापनाकाल देखि जोडिएको छ । लामो समयसम्म विभिन्न पदमा रहेर काम गरेको मेरो अनुभव र
वैदेशिक व्यबसायको अनुभव प्रयोग गर्दै प्रथम उपाध्यक्षमा रहेर हिजो जस्तै व्यबसायीहरुको
हक, हित संरक्षण गर्न प्रतिबद्धता रहेको छु।“
मैले धेरै सुनेको छु संघले साना व्यबसायी लाई के ग¥यो ? हामीलाई आज सम्म
नविकरण र भोट माग्ने बेलामा मात्र याद गरिन्छ लगागतका प्रश्न मैले व्यबसायीहरु बाट
सुनेको छु । म यसै संचार माध्यम बाट प्रतिबद्धता गर्दछु कि संघ जे भनेर स्थापना भएको हो
त्यो उदेश्यको लागि पहल गर्दै बाणिज्य संघलाई बिल्कुल व्यबसायीको आफ्नो संघ
बनाउने छु ।
उद्योग वाणिज्य संघको ईतिहास र बर्तमानलाई मैले नजिक बाट नियाल्ने अवसर पाएको छु ।
संघमा नयाँ व्यबसायीहरुको पिर मर्का र समस्या बुझेर समाधान गर्न विभिन्न निकाय संग
समन्वय गर्न मेरो पहल रहनेछ । घरभाडा, फुटकर सडक व्यापारी लाई व्यबस्थापन, करको
समुचित प्रयोग, स्वदेशी तथा वैदेशिक लगानि भित्राई पर्यटन प्रवर्द्धन गर्न आवश्यक पहल
आफ्नो मुख्य लक्ष्य रहेको श्रेष्ठले बताएका छन् ।
शिक्षण पेशा बाट जागिर शुरु गरेका श्रेष्ठले वैदेशिक व्यबसायमा ७ वर्षको अनुभव संगालेका छन्
। नेपाल रेडक्रस सोसाइटी लेखनाथका पुर्व सभापति रहेका उनी कास्कीको जिल्ला उपमन्त्री
समेत बनेका थिए । हाल कल्पना खाध उद्योग संचालन गर्दै आएका छन् । लेउबा संघको
२५ औं साधारणसभा तथा १३ औं महाधिवेशन यहि असोज १ र २ गते आयोजना हुँदैछ ।
Discussion about this post