सुमन जिसी
लेखनाथ, २१ भाद्र । पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको श्री लक्ष्मी आर्दश मा.वि. लाई सोहि विद्यालयमा अध्यन गरेका पूर्व विद्यार्थीले आफ्नो जन्मदिनको अवशर पारेर विद्यालयमा अक्षयकोष तथा विशेष सहयोग गरेका छन् ।
साबिक कालिका गा.वि.श.वडा नं.१ तथा हाल पोखरा महानगरपालिका वडा नं. २८ निवासी पूर्व विद्याथी पुष्पराज त्रिपाठीले आफ्नो ३४ औं जन्मदिनको अवशर पारेर विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष तथा पन्ध्र हजार रुपैयाँको विशेष सहयोग गरि रु. एक लाख पन्ध्र हजार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच सहयोग गरेका छन् ।
शिक्षक अभिभावक संघका अध्यक्ष शिवमोहन अधिकारीको अध्यक्ष्यतामा विद्यालयमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ्गले होटेलमा गएर गरिने फजुल खर्च बचाएर सामाजिक कार्यमा गरिएको यस किसिमको सहयोगले समाजमा सकरात्मक सन्देश जानेका जोड दिएका थिए ।
विद्यालयका शिक्षक शिक्षीकाहरुको उपस्थितीमा सहयोग गरिएको कार्यक्रममा स्थानिय समाजसेवी पाण्डेले सहयोगि व्यक्तिलाई शुभकामना दिएको कार्यक्रममा वि.व्य.स.का सदस्य सत्यराज ढकाल लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
सहयोगदाता त्रिपाठीले हरेक जन्मदिनमा यसरीनै सहयोग गरेको र यस किसिमको सहयोग गर्न पाउदा आफुलाई आत्मा सन्तुष्टि मिल्ने गरेको र आगामि दिनमा पनि यस किसिमको सहयोग गरिरहने कुरा व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानध्यापक रविन्द्रनाथ भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानध्यापक हेमराज आचार्यले गरेका थिए ।
सहयोगि पुष्पर त्रिपाठिले पोखराको महेन्द्रपुलमा ब्रान्डेड मोबाइल जोन संचालन गर्दै आएका छन् ।
Discussion about this post