लेखनाथ, १९ भाद्र । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन नजिकिँदै गर्दा उम्मेदवारहरु घर दैलोमा र क्रियाशिल सदस्य भेटघाटमा व्यस्त वनेका छन् ।
काङ्ग्रेसको पोखरा महानगर सभापतीका उम्मेदवार वन्ने तपारीमा लागेका मिलन तिवारी घर दैलोमा व्यस्त वनेका छन् । वडा वडामा गरीने काङ्ग्रेसको भेलामा समेत पुगेर उनले आफुलाई मतदान गर्न अनुरोध गरेका छन् ।
युवा सोच र रुपान्तरणका लागि साझा अभियान भन्ने नाराका साथ चुनावी प्रचारप्रसारमा व्यस्त तिवारीले आफ्नो उम्मेदवारी लोभ र लालचाको विषय नभई पार्टीलाई हाम्रो र राम्रो बनाउने अभियान भएको वताए ।
ईमान्दारीताको मार्गबाट राजनिति गरी समाज रुपान्तरण रुपान्तरण गर्ने र जननमतलाई आर्कषण गरि देश विकास गर्ने पवित्र उद्धेश्यको साथ राजनितिको मार्ग अबलम्बन गरेको उनले कार्यकर्तामाझ वताउने गरेका छन ।
नेपाली राजनितिमा लोकतान्त्रीक मुल्य र मान्यता स्थापित गर्दै पार्टीमा गुटगत भावनाको अन्त्य गरी क्षमता र विचारप्रधान बनाउन, भ्रष्टाचार मुक्त पार्टी कार्यकर्ता र समाज निर्माण गर्नको लागी आफुले उम्मेदवारी दिएको र महानगरको सभापतीमा विजयी गराउन सम्पुर्ण क्षेत्रीय प्रतिनिधिहरुलाई आव्ह्वान गरेका छन ।
Discussion about this post